2 years ago
November 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुद जगतकी सफल खेलाडी तेक्वान्दो क्विन संगीना वैद्यलाई नेपाल मगर संघ, युएईं शाखाले सम्मान गरेको छ ।
बैदेशिक भ्रमणको सिलसिलामा युएईमा रहेकी कीर्तिमानी खेलाडी वैद्यलाई नेपाल मगर संघ, शाखा युएईले बलिहाङ पर्ब, देउसी भैलो, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा सम्मानित गरेको हो ।
वैद्यलाई नेपाल आदिवासी जनजाति महासंघ युएईकी अध्यक्ष बिजया लक्ष्मी राईले सम्मान पत्र हस्तान्तरण गरिन् । नेपाल मगर संघ, शाखा युएईकी कार्यबाहक अध्यक्ष मनु गाहा मगरले वैद्यले नेपालमा खेलकुद क्षेत्रको विकास र विस्तारमा दिएको अतुलनीय योगदान र नेपालको गौरव र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा समेत उच्च पार्न अहम भुमिका निर्वाह गरेको बताउँदै उनको खेल जीवनको उच्च मुल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको बताइन् ।
संघका महासचिव नयन घर्ती मगरले नेपाली खेलकुद जगतकी सफल खेलाडी एवम् प्रशिक्षक तथा राष्ट्रको लागि योगदान गर्दै देशलाई विश्व सामु चिनाउन सफल संगिना वैद्य लाई सम्मान गर्न पाउँदा खुशी ब्यक्त गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]