default_image

2 years ago

October 31, 2022

गणेशमान सिंह टेनिस यसै महिना

216 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गणेशमान सिंहको संस्मरणमा आयोजना हुने दोश्रो संस्करणको टेनिस प्रतियोगिता यसै महिना हुने भएको छ ।

आयोजक वीर गणेशमान सिंह स्पोर्टस् कमिटिले वीर गणेशमान सिंह प्रतियोगिता अन्तरगत टेवल टेनिस यही १९ गतेबाट र १० के रोड रेस पुसमा हुने जानकारी गराएको छ ।

ललितपुर सातदोवाटोस्थित टेनिस कोर्टमा २६ गतेसम्म हुने टेनिस प्रतियोगितामा सिनियर महिला तथा पुरुष र जुनियर छात्र एवं छात्रातर्फ विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा हुने प्रेश बिज्ञप्तीमा जनाईएको छ ।

वीर गणेशमान सिंह स्पोर्टस् कमिटिको आयोजनमा हुने प्रतियोगितामा सिनियर तर्फ पुरुष तथा महिला एकल तथा युगल, पुरुष ३५ बर्षमाथि एकल तथा युगल, ४५ बर्षमाथि एकल तथा युगल, ५५ बर्षमाथि एकल तथा युगल र ६५ बर्षमाथिको एकल रहेको छ ।

यस्तै जुनियरतर्फ यु ८ छात्र तथा छात्रा एकल, यु ९ छात्र तथा छात्रा एकल, यु १० छात्र तथा छात्रा एकल, यु १२ छात्र तथा छात्रा एकल, यु १४ छात्र तथा छात्रा एकल र खुल्ला छात्र तथा छात्रा युगलमा प्रतिस्पर्धा हुने जानकारी गराइयो ।

३२ लाख लागतको अनुमान गरिएको प्रतियोगितामा पुरुष तथा महिला एकल तर्फका विजयी शिर्ष तीन स्थानका खेलाडीहरुले ८० हजार, ४० हजार र २० हजार प्राप्त गर्ने छन् ।

यस्तै पुरुष तथा महिला युगल र पुरुष ३५ बर्ष माथिका शिर्ष तीन विजयी खेलाडीहरुले ४० हजार, २० हजार र १० हजार प्राप्त गर्ने छन् ।

३५ बर्ष माथिको युगलमा शिर्ष तीन विजेताले २५ हजार, १५ हजार ५ हजार, ४५ बर्ष माथि एकलका शिर्ष तीन विजेताले ३० हजार, १५ हजार र ५ हजार, ४५ बर्ष माथिको युगल र ५५ बर्ष माथिको एकल तर्फ २० हजार, १० हजार र ५ हजार, ५५ बर्ष मथिको युगल तर्फका खेलाडीहरुले १५ हजार, ८ हजार र ६५ बर्ष माथिको एकलका खेलाडीहरुले १५ हजार, ७ हजार ५ सय र ५ हजार प्राप्त गर्ने बिज्ञप्तीमा जनाईएको छ ।

टेनिस प्रतियोगिताको संयोजकमा गणेशमान सिंह फाउण्डेशनका बोर्ड सदस्य भाष्करमान सिंह र प्राविधिक संयोजकमा टेनिस प्रशिक्षक सूर्यभूषण बज्राचार्य रहेका छन् ।

पौष २३ गते हुने १० के रोड रेसको अन्य बिस्तृत जानकारी पछि जानकारी गराइने रेसका संयोजक राजन खत्रीले पत्रकार सम्मेलनमा जानकारी गराए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.