2 years ago
October 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघले नवौं राष्ट्रिय खेलकुदमा पदक प्राप्त गर्न सफल विभिन्न खेलका खेलाडीहरुलाइ सम्मान गरेको छ ।
बुढानिलकण्ठ तथा टोखा नगरापलिका खेलकुद संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा विभिन्न खेलकुदका ३५ सहित पूर्व खेलाडीहरु तथा पर्वातारोही पत्रकार पूर्णिमा श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । जसमा पूर्व क्रिकेट खेलाडी पारस खड्का समेत रहेका थिए । तर कार्यक्रममा खड्काको उपस्थिती रहेको थिएन ।
खेलाडीलाई पूर्व कानून, न्याय तथा संसदीय विकास मन्त्री एव नेपाली काँग्रेसका नेता नरहरि आचार्य, काँग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेल र संघका केन्द्रिय सचिव मनिष जोशीलगायतले खेलाडीलाई पुरस्कृत गरे ।
आचार्यले खेलाडीहरुले जीवनको उर्जाशिल समय दिएर खेलकुदको लागि जुन मेहनत गरेका छन् त्यसले कालान्तरमा देशकै इज्जत बढाउने बताए । कांग्रेसका केन्द्रीय सदस्य पौडेलले आगामी दिनमा खेलाडीहरुले हाम्रो क्षेत्रबाट निर्वाचित नेतृत्व खेलकुद र विकासका अनुयायी रहेको बताए ।
लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सचिव जोशीले आफु नेपाली झण्डालाई अन्तराष्ट्रिय मञ्चमा बोकेर अगाडी बढ्ने पहिलो खेलाडी गजराज जोशीको पुत्र भएको भन्दै खेलाडीले मात्र खेलाडीको भावनालाई बुझ्ने र खेलाडीको हक हितका लागि सदा अग्रस्थानमा रहेर कार्य गर्ने बताए ।
संघका बागमती प्रदेश संयोजक दीपक गुरुले खेल क्षेत्रमा देखिएका विभिन्न बिकृति र विसंगतीका बारेमा प्रकाश पार्दै त्यसलाइ आगामी दिनमा आउने नेतृत्वले समाधान गनुपर्ने औलाए ।
काठमाण्डौ जिल्ला खेलकुद समितिका पूर्व उपाध्यक्ष दामोदर भट्टराई बद्री ले आगामी दिनमा खेलकुद विकास र खेलाडीका हितका लागि नेतृत्वले ध्यान दिनमा आफु बिश्वस्त रहेको बताए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]