2 years ago
October 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा भएको आईटीटीएफ लेभल टु कोर्स आइतबार सम्पन्न भएको छ ।
नेपाल ओलम्पिक कमिटीको सोलिडारिटी कार्यक्रमअन्तर्गत १० दिनसम्म सञ्चालन भएको कोर्सलाई मलेसियाली प्रशिक्षक क्रिस्टिना चीले सञ्चालन गरेकी थिइन् । उनी आईटीटीएफकी प्रशिक्षकलाइ प्रशिक्षण दिने विशेषज्ञ हुन् ।
यस कोर्सपछि नेपाली टेबल टेनिसका लागि उच्च दक्ष जनशक्ति तयार भएको छ । नेपालमा थप १३ लेभल टु प्रशिक्षक भएका छन् र त्यसमध्ये आठ जनाले ‘अपग्रेड’ समेत प्राप्त गरेका छन् ।
अब नेपालमा कुल ११ अपग्रेड लेभल टु प्रशिक्षक भएको छ । उनीहरु लेभल थ्री प्रशिक्षणका लागि योग्य भएका छन् । लेभल टु प्रशिक्षकले कुनैपनि देशको राष्ट्रिय टिम सम्हाल्न सक्नेछन् ।
समापन समारोहमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले उच्च दक्ष जनशक्तिसहितका प्रशिक्षकले नेपालमा टेनिसको विकासमा योगदान पुग्ने बताए । त्यस्तै दक्षिण एसियाली टेबल टेनिस महासंघका महासचिव शंकर गौत्तमले यसपल्टको प्रशिक्षण कार्यक्रम निकै उच्च रहेको बताए ।
प्रशिक्षक चीले सहभागीलाई नेपालको टेबल टेनिस विकासमा संलग्न हुन अनुरोध गरिन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंक लाल घिसिङले नेपाली खेलकुद विकासका लागि दक्ष प्रशिक्षकको आवश्यकता रहेकोमा जोड दिंदै कार्यक्रममा सहभागीले नेपाली टेबल टेनिसको विकासमा टेवा दिने विश्वास पोखे ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]