2 years ago
October 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एसकेआईए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन ११ खेलाडीसहित १७ सदस्यीय गोल्फुटार डोजोका खेलाडी भारतको गोवा प्रस्थान गरेको छ ।
नोभेम्बर ५ देखि ६ तारिखसम्म हुने प्रतियोगितामाा सनम बोहरा, दशरथ तामाङ, लक्ष्मण तामाङ, सुशान्त तामाङ, वृषा गुरुङ, प्राण्जली रिजाल, सम्झना चौलागाईं, प्राज्ना उपाध्याय, सौजन मधीकर्मी, एरिश शर्मा र राज तामाङ रहेको टोलीको सहभागिताका लागि समन्वयकर्ताको भूमिका निर्वाह गरेका करातेका सुमन तिमल्सिनाले जनाएका छन् ।
टोली प्रमुखमा सुमन तामाङ, प्रशिक्षक तथा अफिसियलमा सरोज श्रेष्ठ, अफिसियलमा प्रेमलाल बोम्जन, सुरेन्द्रसिंह लामा, पृथ्वी बासुकला र विजयराम यान्डो रहेका छन् ।
टोलीलाई बूढानीलकण्ठ नगरपालिका वडा ८ का अध्यक्ष सुमन तामाङ, गोल्फुटार डोजाका सल्लाहकार जयराम थापालगायतले एक कार्यक्रमबीच बिदाई गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]