default_image

2 years ago

October 30, 2022

भारतमा हुने रग्वी १५ का लागि नेपालको प्रारम्भिक टोली घोषणा

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतको कोलकतामा हुने डिभिजन ३ रग्वी १५ प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ४० खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ ।

टोलीका मुख्य प्रशिक्षक टंकराज गिरीले सोमबार देखि सुरु हुने प्रशिक्षणका लागि प्रारम्भिक चरणमा ४० खेलाडीलाई बोलाएका हुन् । रग्वी डिभिजन ३ नोभेम्वर १९ देखि २५ नोभेम्वरसम्म भारतको कोलकातामा हुँदैछ । नेपालले १९ अक्टोवरमा भारत र २२ अक्टोवरमा बंगलदेशसँग खेल्ने तालिका छ ।

डिभिजन ३ को विजेता डिभिजन २ मा बढुवा हुनेछ । रग्वी १५ मा नेपाली पुरुष टोलीले पहिलोपटक प्रतिस्पर्धात्मक खेल खेल्न लागेको हो । यसअघि नेपालले बंगलादेशमा रग्वी सेभेनसँगै मैत्रीपूर्ण रग्वी १५ खेलेको थियो ।

प्रारम्भिक चरणमा डाँकिएका खेलाडी
सुरज चौधरी, शर बहादुर वली, रोशन घर्ती, झुकेन्द्र राई, राम किशोर चौधरी, सुजन कुमाल, हुतराज प्रधान, दिनेश थोकर तामाङ, सुमन चौलागाईं, अमर सिंह श्रेष्ठ, निरोज कार्की, विक्रम पुरी, नविन महर्जन, श्रीराम श्रेष्ठ, विराट श्रेष्ठ, विवेश बासु, सञ्जिव कुँवर, प्रेम बहादुर कोइराला, रमित बहादुर मल्ल, यदु अधिकारी, कृष्ण क्षेत्री, पुजन फेवाली, विक्रम भारती, विराट एइडी, क्षितिज कार्की, सविन महत, विकास मगर, विनोद शाही, अनुराग लामिछाने, कपिल सापकोटा, सुरज राना, मिलन थापा, शेखर धामी, खडक सिंह विष्ट, नरेन्द्र जोशी, अनिल माझी, बुद्धि बहादुर राई, हेम नारायण खवास, सेवक कुँवर र सन्जय अधिकारी

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.