default_image

2 years ago

October 23, 2022

प्रतिभा चन्द्रागिरि स्पोर्टस् अवार्डबाट सम्मानित

466 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय महिला भलिबल टोलीकी महत्वपूर्ण सदस्य प्रतिभा माली चन्द्रागिरि स्पोर्ट्स अवार्डबाट सम्मानित भएकी छिन् ।

चन्द्रागिरि स्पोर्टस् एकेडेमीले प्रतिभालाई शनिबार पाँचौं संस्करणको नैकाप गोल्डकपको फाइनल दौरान अवार्डबाट सम्मानित गरेका हुन् । अवार्डसँगै उनले ५० हजार रुपैयाँ हात पारेकी छिन् । उनलाई नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत र क्लबका अध्यक्ष कृष्णहरि बस्नेत लगायतले पुरस्कृत गरे ।

चन्द्रागिरि स्पोर्टस् एकेडेमीले यस वर्षदेखि चन्द्रागिरि नगरपालिकामा स्थायी बसोबास गर्ने एक जना खेलाडीलाई अवार्डबाट सम्मानित गर्ने निर्णय बमोजिम यसपटक नेपाली खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै भलिबलकी प्रतिभा मालीलाई सम्मानित गरिएको एकेडेमीका अध्यक्ष कृष्णहरि बस्नेतले जानकारी दिए ।

अवार्डबाट सम्मानित भएसँगै प्रतिभाले सम्मान गर्ने चन्द्रागिरि स्पोर्टस् एकेडेमीलाई धन्यवाद व्यक्त गर्दै यस अवार्ड पाउनुको श्रेय न्यू डायमन्ड एकेडेमी (न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब) र एकेडेमीका प्रिन्सिपल तथा प्रशिक्षक कुमार राई रहेको बताउँदै अवार्ड समर्पण गरिन् ।

‘यो अवार्ड पाउनुको श्रेष्ठ न्यू डायमन्ड एकेडेमी र गुरु कुमार राई नै हुन् । उहाँहरुकै कारण मैले यो अवार्ड पाउन सके । यो अवार्ड उहाँहरुलाई नै समर्पण गर्न चहान्छु ।’ अवार्डबाट सम्मानित भएपछि प्रतिभाले भनिन्, ‘यस किसिमको सम्मानले खेलाडीहरूमा अझ उत्कृष्ट खेल कौशल देखाउन हौसला मिल्ने छ । अवार्ड प्रदान गर्ने आयोजकलाई धन्ववाद ।’

प्रतिभा नेपाली महिला भलिबलले प्राप्त गरेको पछिल्लो सफलताको हिस्सा हुन् । सन् २०१९ मा नेपाल बंगलादेशमा पहिलो एभिसी एसिन सेन्ट्रल जोनको च्याम्पियन बन्दा उनी टोलीकी महत्वपूर्ण सदस्य थिइन् ।

सोही वर्ष नेपालमा भएको १३औं दक्षिण एसियाली खेलुकद (साग) मा महिला टोलीले ऐतिहासिक फाइनलको यात्रा तय गर्दा उनी टोलीको महत्वपूर्ण सदस्य थिइन् । त्यसपछि गत वर्ष नेपाल पुनः सेन्ट्रल जोनको च्याम्पियन बन्दा उनको प्रदर्शन गज्जवको थियो ।

घरेलु भलिबलमा प्रतिभा न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबबाटै खेल्ने गर्दछिन् । उनकै उच्च प्रदर्शनमा डायमन्डले घरेलु भलिबलमा थुप्रै उपाधि जितेका छन् । गत वर्ष राष्ट्रिय स्तरको ६ प्रतियोगिता आयोजना हुँदा डायमन्डले तीन उपाधि (एनभिए क्लब च्याम्पियनसिप, दमक कप र लोक बहादुर पुन स्मृति कप) जितेको थियो ।

आफ्नो पुरानो चोट बल्झिएपछि प्रतिभाले नेपालगन्जमा भएको प्रधानमन्त्री कपपछि खेलेका थिएनन् । उनले गण्डकी प्रदेशको म्याग्दीमा भएको नवौं राष्ट्रिय खेलकुदबाट कोर्टमा पूनरागमन गरिसकेकी छिन् । नवौंमा प्रतिभाले बागमती प्रदेशबाट खेल्दै कास्यपदक जित्न सफल भइन् ।

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

Success

Thank you for your time.