default_image

3 years ago

October 20, 2022

विपनालाई स्क्वासमा स्वर्ण

1147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशकी विपना ब्लोनले नवौं राष्ट्रिय खेलकुद अन्तरगत स्क्वासतर्फको महिला एकलमा स्वर्ण जितेकी छिन् ।

पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा आफ्नै प्रदेशकी र स्वस्थानी श्रेष्ठलाई ३–१ को सेटमा पराजित गर्दै राष्ट्रिय खेलकुदमा विपनाले पहिलो स्वर्ण जितेकी हुन् । सातौ र आठौंमा पनि सहभागिता जनाएकी विपना त्यसबेला भने कास्यमा सीमित बनेकी थिइन् ।

पहिलो सेट ९–११ ले गुमाएकी विपनाले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै स्वर्ण जित्न सफल भएका हुन् । दोस्रो सेटमा एक समय ५–० ले पछि परेको विपनाले लगातार ७ अंक जोड्दै सेटमा ७–५ को अग्रता लिदै ११–८ को उत्कृष्ट पूनरागमन जित निकाल्न सफल भइन् ।

तेस्रो सेटमा ११–८ को जित निकालेको विपनाले चौथो सेट ११–६ ले सहजै आफ्नो पक्षमा पार्दै च्याम्पियनसहित स्वर्ण जित्न सफल भइन् । यस स्पर्धामा बागमती प्रदेशकी भावना सुनुवार र गण्डकीकी कृष्णा गुरुङले कास्य जितेकी छिन् ।

स्वर्ण जितेसँगै विपनाले वर्षाैको देखिको तयारीले नै स्वर्ण जित्न सफल भएको बताइन् । ‘राष्ट्रियमा यो मेरो पहिलो स्वर्ण हो । आज मात्र होइन मैले च्याम्पियन बन्नको लागि धेरै मिहिनेत गरेका थिए । यो मैले जितेको मात्रै होइन सम्पूर्ण आमाले जितेको हो ।’ स्वर्ण जितेपछि विपनाले भनिन् । ‘मैले त जित्नु भन्ने सोचेकै थिइन् । सटहरु राम्रो लागिरहेको थियो । त्यसपछि आफ्नो मिहेनतलाई सम्झिएर खेले, सफलता हात पारे ।

पुरुषतर्फको टिम इभेन्ट्समा गण्डकीले स्वर्ण जितेको छ । गण्डकीले फाइनलमा बागमतीलाई २–० को सोझो सेटमा हरायो । पहिलो खेलमा गण्डकीका दीपक थापाले बागमतीका अमिर ब्लोनलाई को सेटमा ११–७, १३–११ र ११–३ को सेटमा तथा अमृत थापा मगरले अरहान्त केशर सिंहलाई ११–८, ११–६ र ११–८ को सेटमा हराउँदै स्वर्ण पक्का ग¥यो ।

टिम इभेन्टतर्फ लुम्बिनी र एपीएफले कास्य जितेका छन् । गण्डकीका अमृत थापामगरले व्यक्तिगत विधातर्फ स्वर्ण जितिसकेका छन् ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.