default_image

2 years ago

October 19, 2022

टेनिसमा आर्मीलाई दुई र गण्डकीलाई एक स्वर्ण

218 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसको व्यक्तिगत इभेन्टतर्फ आर्मीले दुई तथा घरेलु टोली गण्डकीले एक स्वर्ण जितेका छन् ।

पोखरा रङ्गशालाको टेनिस कोर्टमा बुधबार भएको खेलमा आर्मीले मिक्स डबल्स र महिला डबल्सतर्फ स्वर्ण जितेको हो । गण्डकीले पुरुष डबल्समा स्वर्ण जितेको हो ।

महिला डबल्समा नेपाली सेनाका अविलाशा विष्ट र इरा रावतको जोडीले बागमती प्रदेशका रायना शाह र प्रकृति श्रेष्ठको जोडीलाई ६–३,६–४ को सेटमा पराजित गरी स्वर्ण जिते।

त्यसैगरी मिक्स डबल्सतर्फ सेनाका प्रनभ खनाल र अविलाशा विष्टको जोडीले नेपाल पुलिसका आर्यन गिरी र आयशा डोल्कर गुरुङको जोडीमाथि ६–४,६–० सेटको जित निकाल्दै स्वर्ण जित्दा प्रहरीले कास्य पदकमा चित्त बुझायो ।

यसैगरी ‘पुरुष डबल्स’तर्फ गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय सेनाका प्रनभ खनाल र अकी जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरी स्वर्ण जिते। \

खेलको पहिलो सेट गण्डकीले ७–५ सेटले जित्दा दोस्रो सेट भने ४–६ मा गुमायो । ‘सुपरटाइ’मा गण्डकीले १०–८ अङ्कले गण्डकीले नतिजा आफ्नो पक्षमा ल्यायो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.