2 years ago
October 19, 2022
पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा १२ स्वर्ण र ७ रजतसहित कुल १९ पदकका साथ च्याम्पियन बनेको छ ।
२० स्वर्णसहित ६० पदकका लागि भएको प्रतिस्पर्धामा दोस्रो स्थानमा अर्को विभागीय क्लब त्रिभुवन आर्मी रह्यो । आर्मीले ४ स्वर्ण, ४ रजत र ५ कास्य पदक हात पा¥यो । सुदूरपश्चिमले ३ स्वर्ण र ३ कास्य जित्दा एपिएफले १ स्वर्ण, ६ रजत र २ कास्य भित्र्यायो ।
मधेश प्रदेशले १ रजत र ७ कास्य जित्यो । घरेलु टोली गण्डकी प्रदेश १ रजत र १ कास्यमा सीमित बन्यो । बागमती प्रदेशले १ रजत र लुम्बिनी प्रदेशले २ कास्य पदकमात्र जित्न सके ।
पोखरा उद्योग वाणिज्य संघमा भएको प्रतियोगितामा विभागीय ३ र ७ वटा प्रदेश गरी १० टिमले भाग लिएका थिए । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका थिए ।
तीमध्ये महिला तथा पुरुषतर्फ १०-१० इभेन्टमा खेल भएको हो । भारत्तोलन नेपालका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक दिलाउने सम्भावित खेलभित्र पर्दछ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अवधिभर विभिन्न कीर्तिमानी समेत बने ।
बुधबार साँझ समापनमा विजेतालाई राखेप उपाध्यक्ष शिव कोइराला, नेपाल भारत्तोलन संघ अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस), पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष पवनकुमार प्रजापति लगायतले पुरस्कार वितरण गरेका थिए ।
अन्तिम दिन बुधबार ६ स्वर्णका लागि भएको प्रतियोगितामा पुलिसले थप ४ स्वर्ण जितेको हो । एपिएफले १ र सुदूरपश्चिमले १ स्वर्ण जिते । पुरुष ९६ केजी तौल समूहमा नेपाल पुलिसका विशालसिंह बिष्टले क्लीन एण्ड जर्कमा राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण जिते ।
उनले स्न्याचमा १२० र क्लीन एण्ड जर्कमा १६१ गरी कुल २८१ तौल भार उठाउँदै स्वर्ण जितेका हुन् । एपिएफका तिलकबहादुर थापाले रजत जित्दा मधेश प्रदेशका संजय यादवले कास्य जिते ।
पुरुष १०२ केजी तौल समूहमा नेपाल पुलिसका सन्देश गुरुङले स्न्याचमा कीर्तिमान कायम गर्दै स्वर्ण जिते । उनले स्न्याचमा ११३ केजी भार उठाएका हुन् । उनले क्लीन एण्ड जर्कमा १३९ सहित कुल २५२ केजी भार उठाए ।
एपिएफका रणबहादुर नगरकोटीले स्न्याचमा ११२ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेकोमा लगत्तै सन्देशले १ केजी बढी भार बहन गर्दै भंग गरिदिएका हुन् । नगरकोटीले क्लीन एण्ड स्न्याचमा १३८ सहित कुल २५० केजी भार उठाउँदा कास्य जितेका मधेशका उज्ज्वलकुमार मिश्रले कुल १९४ भार उठाए । उनले स्न्याचमा ८४ र क्लीन एण्ड जर्कमा ११० केजी भार बहन गरेका हुन् ।
महिला ८७ केजी माथि नेपाल पुलिसकी विद्या राईले स्न्याचमा कीर्तिमान कायम गरिन् । ८७ केजी माथि तौल समूहमा उनले स्न्याचतर्फ ७६ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन् । स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान रहेकोमा विद्याले १ केजी बढी भार बहन गरेकी हुन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]