3 years ago
October 19, 2022
तनहुँ (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँमा भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले स्वर्ण पदक हात पारेको छ ।
बुधबार भएको फाइनलमा आर्मीले बाग्मती प्रदेशलाई ४५–३० को अन्तरमा पराजित गर्दै स्वर्ण जितेको हो । पहिलो र दोस्रो क्वाटमा आर्मीले १०–८ र १४–७ को अग्रता कायम गरेको थियो । तेस्रो चरणमा भने वाग्मतीले उत्कृष्ट खेल प्रदर्शन गरि १२–८ को अग्रता लियो । अन्तिम चरणमा वाग्मतीको कमजोर खेल प्रदर्शनको फाइदा उठाउदै आर्मीले १३–३ को फराकिलो अन्तर बनायो ।
आर्मीको जितमा प्रतीक्षा मगरले ११ अंक जोडेकी थिइन । सेमिफाइनल खेलमा वाग्मती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई र आर्मीले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलको यात्रा तय थियो ।
यसै गरि थ्री बाइ थ्री महिला बास्केटबलमा एपीएफले स्वर्ण पदक हात पारेको छ भने त्रिभुवन आर्मीले रजत पदक हात पारेको छ । बागमती प्रदेशलाई ९–७ अंकको अन्तरमा गण्डकीले काँस्य पदक हात पारेको छ ।
बास्केटलब फाइभ अन फाइभ प्रतियोगितामा गण्डकी र एपीएफ फाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको खेलमा गण्डकीले आर्मीलाई ७०–६६ स्कोरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा एपीएफले बागमती प्रदेशलाई हराएर फाइनलमा प्रवेश गरेको छ । एपीएफले बागमती प्रदेशलाई ९२–६५ स्कोरले पराजित गर्न सफल भयो ।
फाइनल खेल गण्डकी र एपीएफबीच बिहीबार हुँदैछ । कास्यका लागि आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]