2 years ago
October 19, 2022
गोरखा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्बलले बर्चस्व कायम गरेको छ ।
प्रतियोगिता अन्र्तगत भएका ६ इभेन्टका १८ पदकमध्ये त्रिभुवन आर्मी क्बले ५ स्वर्ण, २ रजत तथा २ कास्य पदक जितेर प्रतियोगितामा आफ्नो बर्चस्व कायम गरेको हो । प्रतियोगिताको महिला क्लासिक इभेन्टमा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले स्वर्ण पदक जितिन् ।
प्रतियोगिता अन्र्तगत महिला क्लासिक इभेन्टमा त्रिभुवन आर्मी क्बलकी सिन्दिरा जोशीले रजत पदक जित्न सफल भइन् । प्रदेश १ की खुस्वु थापाले कास्य जितिन् ।
खुल्ला बिल्च चरणको खेलमा त्रिभुवन आर्मी क्लबका रुपेश जैसवालले स्वर्ण, पुलिसका क्षितिज भण्डारीले रजत र आर्मीका सचिन मर्हजनले कास्य जिते ।
महिलातर्फको बिल्च इभेन्टमा पनि आर्मीकी सुजना लोहनीले स्वर्ण, पुलिसकी पूर्णिमा गुरुङले रजत पदक र आर्मीकी सिन्दिरा जोशीले कास्य हात पारिन् ।
महिला ¥यापिड चरणको खेलमा आर्मीकी सुजना लोहनीले स्वर्ण, प्रदेश १ की कृतिसारा अधिकारीले रजत र गण्डकी पुजा भण्डारीले कास्य जितिन् ।
खुल्ला ¥यापिड चरणमा आर्मीका रुपेश जैसवालले स्वर्ण, आर्मीकै मिलन लामाले रजत र पुलिसका सुरबिर लामाले कास्य जिते ।प्रदेश १ ले एक रजत र एक कास्य, पुलिसले २ कास्य र १ रजत पदक, गण्डकी प्रदेशले एक रजत पदक जितेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]