2 years ago
October 19, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तरगत ब्याडमिन्टनको एकलतर्फ पुलिसका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन राष्ट्रिय च्याम्पियन बन्दै स्वर्ण जित्न सफल भएका छन् ।
पोखराको रंगशालास्थित ब्याडमिन्टन कभर्डहलमा बुधबार भएको पुरुष एकलमा प्रिन्सले पुलिसकै बिष्णु कटुवाललाई २१–११ र २१–४ ले पराजित गर्दै नयाँ राष्ट्रिय च्याम्पियन बनेका हुन् ।
यसअघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दिपेश धामी राष्ट्रिय च्याम्पियन भएका थिए । लुम्बिनीका ईरफान अन्सारी र सेनाका प्रफुल महर्जनले कास्य पाए ।
महिला एकलतर्फ आर्मीकी रशिला महर्जनले आफ्नै टोलीकी अनुमाया राईलाई २२–२० र २१–९ को जित निकाल्दै राष्ट्रिय च्याम्पियन बनिन् । महर्जन आठौंको समेत च्याम्पियन हुन् ।
मिक्स युगलतर्फ पुसिलका जीवन आचार्य र निता लम्सालको जोडीले आर्मीका प्रफुल महर्जन र रशिला महर्जनको जोडीलाई २१–१२ र २१–११ को सहज जित निकाल्दै स्वर्ण जित्न सफल भए । गण्डकीका बिशाल खड्का र याम कुमारी गुरुङको जोडी तथा आर्मीका सुरोज महर्जन र अमिता गिरीको जोडी तेश्रो भए ।
महिला युगलतर्फ आर्मीका अमिता गिरी र रशिला महर्जनको जोडीले सेनाकै प्रार्थना देउवा र अनुमाया राईको जोडीलाई २१–१५ र २२–२० को सेटमा जित निकाल्दै स्वर्ण जिते । प्रदेश १ का रोजी राइ र सृष्टि राईको जोडी तथा एपिएफका जेशिका गुरुङ र सुनयना मुखियाको जोडीले कास्य पदक प्राप्त गरे ।
पुरुष युगलमा सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले पुलिसका प्रिन्स दाहाल र सुदीप सेढाइको जोडीलाइ २१–१९, २१–१७ ले पराजित गर्दै सेनाका लागि अर्को स्वर्ण जिते ।
तेश्रो स्थानमा पुलिसका जीवन आचार्य र विष्णु कटुवालको जोडी तथा गण्डकीका बिधान अधिकारी र भुगोल गुरुङको जोडी रहे । यससँगै आर्मीले ब्याडमिन्टनबाट ७ मध्ये ५ स्वर्ण जितेको छ । नेपाल पुसिलसे २ स्वर्ण हात पा¥यो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]