3 years ago
October 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशकी विपना ब्लोन र स्वस्थानी श्रेष्ठ नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला स्क्वासको स्वर्णका लागि प्रतिस्पर्धा गर्ने भएकी छिन् ।
पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा पहिलो सेमिफाइनलमा विपनाले आफ्नै प्रदेशकी भावना सुनुवारलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेकी हुन् । विपनाले भावनामाथि ११–८, ११– ४ र ११–५ सहज जित आत्मसात गरिन् ।
अर्काे सेमिफाइनलमा बागमतीकी स्वस्थानीले गण्डकीकी कृष्णा थापा मगरलाई ३–१ को सेटमा स्तब्ध पार्दै फाइनलमा पुगिन् । स्वस्थानीले सुरुवाती सेट १३–११ ले गुमाएपनि त्यसपछिको तीनै सेट ११–७, ६–११ र ११–७ ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान बनाउन सफल भइन् । आठौ राष्ट्रिय खेलकुदको च्याम्पियनसमेत रहेकी कृष्णाले कास्यका लासग भावनासँग प्रतिस्पर्धा गर्नेछिन् ।
पुरुषतर्फको टिम इभेन्ट्समा बागमती प्रदेश र गण्डकी प्रदेश फाइनल प्रवेश गरेको छ ।लुम्बिनी प्रदेशलाई हराउँदै बागमती प्रदेश फाइनल प्रवेश ग¥यो । गण्डकीले एपीएफलाई पराजित गर्दै फाइनलमा स्थान बनायो ।
टिम इभेन्टतर्फ लुम्बिनी र एपीएफले कास्य जितेका छन् । गण्डकीका अमृत थापामगरले व्यक्तिगत विधातर्फ स्वर्ण जितिसकेका छन् ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]