2 years ago
October 19, 2022
म्याग्दी (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबलतर्फको स्वर्ण जित्दा बागमती प्रदेशले कास्य जितेको छ । एपिएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाज्माई ३–१ को सेटमा हराउँदै स्वर्ण जित्न सफल भयो ।
म्याग्दीको बेनीस्थित खुल्लामञ्चको भलिबल कोर्टमा बुधबार भएको फाइनलको पहिलो सेट एपिएफले २५–१९ ले सहजै आफ्नो पक्षमा पारेको थियो ।
प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा एपिएफ २८–२६ ले विजयी हुँदै जिततर्फ अग्रसर रहँदा तेस्रो सेट २४–२६ ले गुमाउन पुग्यो । चौथो सेट २५–१९ ले सहजै आफ्नो पक्षमा पार्दै स्वर्ण जित्न सफल भयो । एपिएफकी निरुता ठगुन्ना वुमन्स अफ दि म्याच घोषित भइन् ।
यस्तै गण्डकी प्रदेशमाथि ३–१ को सेटमा पूनरागमन जित निकाल्दै बागमती प्रदेशले महिला भलिबलमा कास्य जितेको छ ।पहिलो सेट २०–२५ ले गुमाएको बागमतीले त्यसपछिको तीनै सेट २५–१२, २५–२१ र २५–१७ ले हराउँदै स्वर्ण जित्न सफल भयो । गण्डकीकी रिमा कुँवर वुमन्स अफ दि म्याच घोषित भइन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]