2 years ago
October 19, 2022
पोखर (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका लागि निशा बलालले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा पहिलो स्वर्ण पदक जितेकी छिन् । पोखरा उद्योग वाणिज्य संघको हलमा बुधबार महिला ८७ केजी तौल समूहमा निशालले स्वर्ण पदक जितेकी हुन् । उनले स्न्याचमा ६२ र क्लिन एण्ड जर्कमा ७७ गरी कुल १ सय ३९ केजी भार बहन गर्दै एपिएफलाई पहिलो स्वर्ण दिलाएकी हुन् ।
नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको दबदबा रहँदा मंगलबारसम्म एपिएफले ३ रजत र २ कास्य पदक जितेको थियो । बुधबार स्वर्ण जित्दै पदक तालिकामा एपिएफको कुल पदक संख्या ६ पु¥याएको छ । निशाले स्वर्ण जितेको तौल समूहमा पुलिसकी जयन्ती श्रेष्ठले स्न्याचमा ६३ र क्लिन एण्ड जर्कमा ७४ गरी कुल १ सय ३७ केजी भार बहन गरेर रजत जितिन् ।
आर्मीकी अस्मिता राई कास्य जित्ने क्रममा स्न्याचमा ५७ र क्लिन एण्ड जर्कमा ८८ गरी कुल १ सय २५ केजी भार उठाइन् ।
बुधबार पुलिसकी विद्या राईले स्न्याचमा कीर्तिमान कायम गर्दै स्वर्ण जितिन् । ८७ केजी माथि तौल समूहमा उनले स्न्याचतर्फ ७६ र क्लिन एण्ड जर्कमा ८८ गरी कुल १ सय ६४ केजी भार बहन गर्दै पहिलो स्थान प्राप्त गरिन् । स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान रहेकोमा विद्याले १ केजी बढी भार बहन गरेको रेफ्री सञ्जय महर्जनले जानकारी दिए ।
एपिएफकी शिखा थापाले रजत र गण्डकीकी सिन्जल गुरुङले कास्य पदक जितिन् । शिखाले स्न्याचतर्फ ४० र क्लिन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी भार बहन गरिन् भने गण्डकीलाई पहिलो कास्य दिलाउन सिन्जलले स्न्याचमा ४० र क्लीन एण्ड जर्कमा ५० सहित ९० केजी भार उठाईन् । घरेलु टोली गण्डकीले यसअघि रजत जितेको थियो ।
२० स्वर्णसहित ६० पदकका लागि भएको प्रतिस्पर्धा बुधबार सम्पन्न हुनेछ । हालसम्म १६ स्वर्णको टुंगो लगिसकेको छ । जसमा पुलिसले ९, आर्मीले ४, सुदूरपश्चिमले २ स्वर्ण र एपिएफले १ स्वर्ण पदक जितेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]