2 years ago
October 19, 2022
पोखरा (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबको पुरुष टोली र त्रिभुवन आर्मी क्लबको महिला टोलीले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत रग्बीतर्फ स्वर्ण जितेका छन् ।
कास्कीको भण्डार डिक ग्राउन्ड लेखनाथमा भएको फाइनलमा नेपाल एपिएफ क्लबको पुरुष टोलीले फाइनलमा लुम्बिनी प्रदेशलाई १०–७ अंकले विजयी हुँदै स्वर्ण जितेको थियो ।
पहिलो हाफमा लुम्बिनीले अग्रता लिएपनि दोस्रो हाफमा बचाउन नसक्दा पराजित भएको हो । लुम्बिनी पहिलो हाफमा लुम्बिनीले ७ अंक ल्याउँदा एपिएफले ५ अंक लिएको थियो । एपिएफको लागि पहिलो हाफमा निरोजले ५ अंक जोडेका थिए । लुम्बिनीका लागि विजयले ७ अंक लिएका थिए ।
दोस्रो हाफलमा लुम्बिनीले अंक थप्न नसक्दा एपिएफले पाँच अंकका साथ च्याम्पियन बन्यो । दोस्रो हाफलमा लक्ष्मणले पाँच अंक लिएका थिए । यता महिलातर्फ आर्मीले एपिएफले १०–० ले पराजित गर्यो । पहिलो हाफमा आर्मीले १० अंक बटुलेको थियो ।
पहिलो हाफमा आर्मीको लागि विशाखा समिताले समान पाँच अंक जोडे । दोस्रो हाफलमा कुनै अंक नजोड्दा आर्मी विजयी भयो ।
महिलातर्फ कास्य पदक सुदूरपश्चिम र पुरुषतर्फ गण्डकी प्रदेशले कास्य जितेका छ । सुदूरले मधेश प्रदेशलाई ५–० अंक ले पराजित गर्यो । गण्डकीले तेस्रो स्थानको लागि भएको खेलमा गण्डकीले आर्मीलाई १०-५ अंकले पराजित गर्यो । महिलामा लुम्बिनी प्रदेश बाहेक अन्य सबैको सहभागीता थियो । पुरुषमा भने सबै टोलीको सहभागीता थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]