2 years ago
October 19, 2022
खरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमालले नवौं राष्ट्रिय खेलकुदको ८ सय मिटरमा स्वर्ण पदक जितेका छन् । नवौंमा यो उनको दोस्रो स्वर्ण पदक हो ।
पोखरा रंगशालाको एथलेटिक्स ट्रयाकमा बुधबार १ मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । नेपाल पुलिस क्लबका तेजबहादुर कार्की रजत र आर्मीका सुनिल सुनारले कास्य पदक जितेका छन् । तेजले १ मिनेट ५५.२१ सेकेन्ड सुनिलले १ मिनेट ५५.५२ को समय निकालेका थिए ।
सोमले मंगलबार ३२ वर्ष पुरानो कीर्तिमान तोड्दै पुरुष ४ सय मिटर दौडमा स्वर्ण जितेका थिए । ४७.९५ सेकेन्डमा ४ सय मिटर पूररा गर्दै सोमले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका हुन् ।
३ वर्षअघि स्वदेशमा आयोजना भएको १३ औं सागका पदक विजेता सोमले ३२ वर्षअघि (सन् १९९० मा) चीनको बेइजिङमा राखेको ४८.३२ सेकेन्डको आशाराम चौधरीको कीर्तिमानलाई तोडेका हुन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]