2 years ago
October 19, 2022
पोखरा (हाम्रो खेलकुद)– बागमतीकी सन्तोषी श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदको ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छन् । नवौंमा यो उनको दोस्रो स्वर्ण पदक हो । पोखरा रंगशालाको ट्रयाकमा १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान प्राप्त गरेकी छिन् ।
राष्ट्रिय कीर्तिमानको लक्ष्यका साथ दौड सुरु गरेपनि सोचे जस्तो हुन नसकेको सन्तोषले बताइन् । ‘जसले जितेपछि राष्ट्रिय कीर्तिमान बनाउँछु भन्ने लक्ष्य थियो । तर, सकिन दौडन गाह्रो भइरहेको थियो,’ उनले भनिन्, ‘हेर्दा त ठिकै छु । तर शारीरिक रुपमा गाह्रो भइरहेको छ । खुटामा धेरै समस्या छ । तर पनि मैदानमा गइसकेपछि एक्सक्युज हुँदैन ।’
३ वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा १० हजार मिटरमा स्वर्ण जितेकी सन्तोषले दुई दिनअघि पोखरामा १० हजार मिटरमा पनि स्वर्ण पदक जितेकी थिइन् । नेपाल पुलिस क्लबकी राजपुरा पछाईले ५ हजारमा पनि रजत र त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानले कास्य पदक जितिन् ।
राजपुराले १७ मिनेट १२.०५ सेकेन्ड र पूर्णलक्ष्मीले १८ मिनेट ०३.०० सेकेन्डमा ददौड पूरा गरेकी थिइन् । राजपुराले १० हजार मिटरममा पनि स्वर्ण पदक जितेकी थिइन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]