2 years ago
October 19, 2022
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगिता सकिने संघारमा पुग्दा विभागीय त्रिभुवन आर्मी क्लबले पदक तालिकामा आफ्नो शीर्षतालाई यथावत राखेका छन् ।
आर्मीले पाँचौ दिनको खेल सकिदा आफ्ना प्रतिद्धन्द्धीविरुद्ध दोब्बरभन्दा बढी स्वर्णको अग्रता बनाएको छ । आँफुले सहभागिता जनाएको हरेक खेलमा पकड जमाएको आर्मीले ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यगरी कुल १८५ पदक जितेको छ ।
दोस्रो स्थानमा रहेको पुलिसले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य गरी १०८ पदक जितेको छ । एपिएफले ३१ स्वर्ण, ३४ रजत र ५५ स्वर्ण गरी १२० पदक जितेको छ ।
चौथो स्थानमा उक्लिएको गण्डकीले १६ स्वर्ण, १५ रजत र ३० कास्यगरी ६१ पदक जितेको छ । बागमतीले १५ स्वर्ण, २८ रजत र ३१ कास्यगरी ७४ पदक हात पारेको छ । एनआरएनएले ९ स्वर्ण, ७ रजत र ५ कास्य गरी २० पदक जितेको छ । एनआरएनएले सबै स्वर्ण पौडीबाट जितेको हो ।
सुदूरले ८ स्वर्ण, ४ रजत, २० कास्यगरी ३२ पदक जितेको छ । मधेशले ५ स्वर्ण, ७ रजत र १९ कास्यगरी ३१ पदक जितेको छ । प्रदेश १ ले ३ स्वर्ण, १६ रजत र ३२ कास्यगरी ५१ पदक जितेको छ । लुम्विनीले ३ स्वर्ण, १२ रजत र २२ कास्य गरी ३७ पदक जितेको छ । कर्णाली १ स्वर्ण, २ रजत र ७ कास्य गरी १० पदक जितेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]