3 years ago
October 18, 2022
पोखरा (हाम्रो खेलकुद) – आर्चरीको तीन विधाको कुल १३ स्वर्णमध्ये ७ स्वर्णको छिनोफानो हुँदा गण्डकी प्रदेशले आर्चरीमा चार स्वर्ण जितेको छ । गण्डकीले दुई रजत र एक कास्य पनि जितेको छ ।
आर्मीले दुई स्वर्ण र चार कास्य तथा एपिएफले एक स्वर्ण, एक रजत र एक कास्य जितेको छ । पुलिसले एक रजत, एक काँस्य जित्दा प्रदेश १ ले एक रजत र सुदुर पश्चिमले एक रजत जितेको छ ।
गण्डकीले रिकर्भ मेन टीम, रिकर्भ मिक्स टीम, कम्पाउण्ड मेन टीम र स्टान्डर्ड मेन टीममा स्वर्ण जित्यो । आर्मीले स्टान्डर्ड वुमन टीम र स्टान्नर्ड मिक्स टीममा स्वर्ण पदक आफ्नो पोल्टामा पार्दा एपीएफले कम्पाउण्ड मिक्सतर्फ स्वर्ण हात पारेको हो ।
रिकर्भ मेन टीममा गण्डकीले नेपाल पुलिसलाई फाईनलमा सोझो तीन सेट मा जित्यो । अशिम शेरचन, गंगा कुँवर, देउ रोक्का, लुद्र राना मगरको समूहले ३–० स्कोरले जितेको हो । तेस्रो स्थानमा रहेको एपीएफले सुदुरपश्चिमलाई जित्यो ।
रिकर्भ मिक्स टीमतर्फ गण्डकीका गंगा कुँवर र रोजिना थापा मगरको जोडीले बिराट थापा र गीता खत्री सम्मिलित एपीएफलाई ५–३ स्कोरले पराजित गरेको हो । ४–२ स्कोरको अवस्थामा निकै प्रतिष्पर्धात्मक खेलमा रोजिनाले अन्तिम टार्गेट चुक्न दिइनन् । आर्मीले प्रदेश १ लाई हराउँदै काँस्य जित्यो ।
कम्पाउण्ड मेन टीम तर्फ गण्डकी प्रदेशले एपीएफलाई पराजित गरेको हो । योगेन्द्र शेरचन, जागृत गुरुङ, खेमबहादुर क्षेत्री, युवराज लामा सम्मिलित टीमले एपीएफलाई १४४–१४१ स्कोरले हरायो । आर्मीले सुदुरपश्चिमलाई पराजित गर्दै काँस्य पदक हात पारेको हो ।
स्टान्डर्ड वुमन टीम नेपाल आर्मीले प्रदेश १ लाई ६–० को सोझो तीन सेटमा हराएको हो । आर्मीका लागि शारदा बिक, सरु तमाङ, खड्ग कुमारी थापा मगर र तुलसी थापा मैदान उत्रेका थिए । यस्तै, गण्डकीले एपीएफलाई पराजित गर्दै काँस्यमा सीमित भयो । गण्डकीका तर्फबाट अनुश्का शेरचन, सोलिना गुरुङ र शर्मिला गुरुङ खेलेका थिए ।
स्टान्डर्ड मिक्स टीमतर्फ पनि आर्मीले स्वर्ण जित्दा गण्डकीलाई सोझो तीन सेटमा हराएको हो । आर्मीका तर्फबाट प्रदीप सुनुवार र शारदा बिक तथा गण्डकीका तर्फबाट दुर्गा घर्ती मगर र अनुश्का शेरचन खेलेका थिए । एपीएफले प्रदेश १ लाई हराउँदै काँस्य जित्यो ।
कम्पाउण्ड मिक्स टीममा एपीएफले गण्डकी प्रदेशलाई १४७–१३० स्कोरले हराउँदै स्वर्ण जित्यो । सुदुरपश्चिमले वाकओभर दिँदा आर्मीले काँस्य जित्यो । स्टान्डर्ड मेन टीमतर्फ गण्डकीले सुदर पश्चिमलाई सोझो तीन सेटमा हरायो । गण्डकी टीममा दुर्गा घर्ती मगर, खड्ग घर्ती, राजु पुन र कृष्ण भण्डारी मैदान उत्रिएका थिए । नेपाल पुलिसले प्रदेश १ लाई हराउँदै काँस्य जित्यो ।
अन्तिम दिन बुधबार ६ वटा स्वर्णका लागि खेल हुनेछन् ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]