2 years ago
October 18, 2022
पोखरा (हाम्रो खेलकुद) – तीन विभागीय टोलीसँगै गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार क्वाटरफाइनलमा आर्मी, पुलिस, एपिएफ र गण्डकी प्रदेशले अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।
पहिलो क्वाटरफाइनलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २५–२१, २५–१३ र २५–२० ले हरायो । दोस्रो खेलमा आर्मीले बागमती प्रदेशलाई २५–२१, २५–२२ र २५–१५ ले हरायो ।
तेस्रो खेलमा अर्को विभागीय टोली एपीएफले लुम्बिनी प्रदेशलाई ३–१ को सेटमा हरायो । पहिलो सेट २५–२३ ले जितेको एपिएफले दोस्रो सेटको सुरुवातमा आफ्ना दुई महत्वपूर्ण खेलाडी चोटग्रस्त बनेपछि लय गुमाएपनि २८–२६ नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेट एपिएफले २३–२५ गुमाएपनि चौथो सेट २५–१७ ले जित्दै विजयी हुन सफल भयो ।
घरेलु मैदानमा खचाखच दर्शकको समर्थन पाएको गण्डकीले प्रदेश १ माथि २५–२०, २५–२१ र २५–१३ को सोझो सेटमा जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्न सफल भयो ।
बुधबार पहिलो सेमिफाइनल पुलिस र त्रिभुवन आर्मीबीच हुनेछ । अर्को सेमिफाइनलमा एपीएफ र गण्डकी प्रदेश भिड्ने छन् । फाइनल बिहीबार हुने छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]