default_image

2 years ago

October 18, 2022

भलिबलमा एकै खेलमा तीन खेलाडी घाइते

364 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलतर्फको एकै खेलमा तीन खेलाडी घाइते भएका छन् ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार नेपाल एपिएफ क्लब र लुम्बिनी प्रदेशबीचको क्वाटरफाइनल दौरान एपिएफका दुई तथा लुम्बिनीका एक खेलाडी घाइते भएका हुन् ।

दोश्रो सेटमा ५–३ को अग्रता लिइरहँदा एपिएफका मिडल ब्लकर रुपेन्द्र गैह्रे घाइते हुन पुगे । उनले खुट्टाको एंकलमा चोट बोक्न पुगेपछि थप उपचारको लागि अस्पताल पठाइएको छ ।

त्यसलगत्तै लुम्बिनीले खेललाई ५–५ को स्थितिमा ल्याए । बराबरीको अवस्थामा लुम्बिनीका विजय परियार घाइते हुन पुगे उनले पनि एंकलमा नै चोट बोक्न पुगे ।

त्यसलगत्तै एपिएफका स्पाइकर टेकराज अवस्थी पनि घाइते हुन पुगे । लगातार तीन खेलाडी घाइते भएपछि खेल रोकिन पुगेको थियो । त्यसपछि म्याट झिकेर खेल खेलाइएको छ ।

राष्ट्रिय प्रतियोगिता भएतापनि भलिबल पुरानै म्याटमा खेलाइएको छ । पुरानो म्याट भएका कारण चिप्लिएर लगातार खेलाडी घाइते भएका हुन् ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रचारप्रसार उपसमितिका सदस्य केशव पाठकले नयाँ म्याटमा खेलाउन आग्रह गरिदा सुनुवाई नभएको बताए । उनका अनुसार भलिबलका लागि ल्याइएको म्याट सेपाकताक्रोको लागि नवलपुर पुगेको छ ।

यसअघि भलिबलमै तीन खेलाडी घाइते भइसकेका छन् । उद्घाटनको दिन घरेलु टोली गण्डकी र बागमतीबिचको खेलमा गण्डकीका प्रेम कुमालको खुट्टा नै भाँचिएको छ । त्यसबाहेक लुम्बिनीकै चिरञ्जीवी खड्का र एपिएफकै हेमन्त मल्ल घाइते हुन पुगेका भएका थिए । मल्ल अहिले ठिक भइसकेका छन ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.