2 years ago
October 18, 2022
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका अनिष थापा मगरले नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष म्याराथनमा स्वर्ण जितेका छन् ।
पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा आर्मीका धावक कृष्ण बस्नेतलाई पछि पार्दै अनिषले स्वर्ण जित्न सफल भएका हुन् ।उनले निर्धारित (४२.१९५ किलोमिटर) दुरी २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गरे ।
आर्मीका कृष्णाले २ घन्टा २३ मिनेट १४ सेकेन्डमा दुरी पार गर्दै रजतपदक जित्न सफल भए । एपिएफका सन्तोष विक्रम विष्टले २ घन्टा ३० मिनेट ५४ सेकेन्डमा दुरी पार गर्दै कास्य पदक जित्न सफल भए ।
स्वर्ण जितेपछि अनिषले आफ्नो प्रदर्शनबाट सन्तुष्ट रहेको र यो जित आफ्ना गुरुहरुलाई समर्पण गर्न चाहेको बताए । ‘तयारी ठीकै थियो । म्याराथन गाह्रै हुन्छ ।’ स्वर्ण जितेपछि भारतीय सेनामा कार्यरत अनिषले भने, ‘१ महिनाको छुट्टीमा नेपाल आएको थिए । त्यतिबेला नै गुरुहरुले म्याराथन हुँदैछ भन्नुभयो । ट्रायलमा आए, त्यसमा सफल भए । खुशी छु । रुट एकदमै राम्रो थियो, तर आफ्नो समयलाई भने सुधार गर्न सकिन ।’
भारतीय सेनामा १३ वर्ष जागिर पुरा गरिसकेका अनिषले भारतमा आर्मीभित्रै १० किमि र क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्दै आइरहेका छन् । राष्ट्रिय खेलकुदमा सहभागिता जनाएको तेस्रो प्रयासमा उनले स्वर्ण जित्न सफल भएका हुन् । २०६५ मा काठमाडौंमा भएको पाँचौ राष्ट्रिय खेलकुदमा तत्कालिन पश्चिमाञ्चलबाट खेल्दा पदक जित्न नसकेको अनिषले त्यसपछि आठौंमा १० हजार मिटरमा रजत जितेका थिए ।
घरेलु मैदानमा स्वर्ण जित्न पाउँदा खुशी छु । मलाई जसरी पनि जित्नुपर्ने थियो । पहिलेबाट नै जित्ने सोचिसकेको थिए ।’ पर्वतका ३३ वर्षे अनिषले भने, ‘राष्ट्रिय टोलीमा बोलाइएको खण्डमा समय मिलाएर नेपालको प्रतिनिधित्व गर्न आउनेछु । नेपालको प्रतिनिधित्व गर्न पाउनु ठुलो कुरा हो ।’
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]