2 years ago
October 18, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबकी रमिता कुमारी थारुले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला ४ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् ।
पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार भएको महिला स्पर्धामा रमिताले निर्धारित दुरी ५८.१० सेकेन्डमा पुरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्न सफल भएकी हुन् ।
उनले सन् २०१९ मा चीनको वुहानमा तुलासा खत्रीले राखेको ५९.५७ सेकेन्डको कीर्तिमानलाई तोडेकी हुन् । यस स्पर्धामा आर्मीकी निर्मला थापाले १ मिनेट ००.१४ सेकेन्डमा दुरी पार गर्दै रजत जितिन् । एपिएफकी कल्पना श्रेष्ठले १ मिनेट ००.७० सेकेन्डमा दुरी पुरा गर्दै कास्य जितिन् ।
पुरुषतर्फ यही विधामा विभागीय त्रिभुवन आर्मीका क्लबका सोम बहादुर कुमालले ३२ वर्ष पुरानो कीर्तिमान तोड्दै स्वर्ण जितेका छन् । सोमले निर्धारित दुरी ४७.९५ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका हुन् ।
सोमले ३२ वर्षअघि आशाराम चौधरीले सन् १९९० मा चीनको बेइजिङमा राखेको ४८.३२ सेकेन्डको कीर्तिमानलाई तोडेका हुन् । एपिएफका आशिष चौधरीले ४९.४० सेकेन्डमा पूरा गर्दै रजत पदक जिते । आर्मीका प्रकाश दनुवारले ४९.९० सेकेन्डको समय निकाल्दै कास्य जित्न सफल भए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]