2 years ago
October 18, 2022
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगिताको चौथो दिन सकिदा विभागीय त्रिभुवन आर्मी क्लबले पदक तालिकामा आफ्नो शीर्षता यथावत राखेका छन् ।
आँफुले सहभागिता जनाएको हरेक खेलमा पकड जमाएको आर्मी शारीरिक सुगठन र फेन्सिङमा सर्वाधिक स्वर्ण जित्दै टिम च्याम्पियन बनिसकेको छ । एथ्लेटिक्स, पौडीलगायतका खेलकापनि आर्मीले बर्चस्व जमाएको छ ।
सातौँ र आठौँको च्याम्पियन आर्मी यसपटक पनि सर्वाधिक पदक जित्दै च्याम्पियन बन्ने बाटोमा पुगिसकेका छन् । आर्मीलाई दुई विभागीय टोली पुलिस र एपिएफसँगै बागमती प्रदेशले पछ्याइरहेको छ ।
सहभागी सबै ११ टोलीले स्वर्णको खाता खोलिसकेको छ । हालसम्म १३९ स्वर्ण १३९ रजत र १८६ कास्यपदक गरी कुल ४६४ पदकको छिनोफानो भइसकेको छ ।
आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कास्यगरी कुल १२८ पदक जितेको छ । पुलिसले २३ स्वर्ण, १७ रजत र २५ कास्य गरी ६५ पदक जितेको छ । एपिएफले १६ स्वर्ण, २५ रजत र ३३ स्वर्ण गरी ७४ दिक जितेको छ । बागमतीले १४ स्वर्ण, २२ रजत र १२३ कास्यगरी ५९ पदक हात पारेको छ ।
गण्डकी १० स्वर्ण, ८ रजत र २० कास्यगरी ३८ पदक जितेर पाँचौ स्थानमा रहको छ । एनआरएनएले ६ स्वर्ण, ६ रजत र ४ कास्य गरी १६ पदक जितेको छ । एनआरएनएले सबै स्वर्ण पौडीबाट जितेको हो ।
प्रदेश १ ले ३ स्वर्ण, ८ रजत र २१ कास्यगरी ३२ पदक जितेको छ । मधेशले २ स्वर्ण, ३ रजत र ७ कास्यगरी १२ पदक जितेको छ । सुदूरले २ स्वर्ण, १ रजत, ११ कास्यगरी १४ पदक जितेको छ ।
लुम्विनीले १ स्वर्ण, ९ रजत र १२ कास्य गरी १२२पदक जितेको छ । कर्णाली १ स्वर्ण, १ रजत र २ कास्य गरी ४ पदक जितेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]