3 years ago
October 17, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरी खेलतर्फका फाइनल प्रतिस्पर्धा मंगलबारदेखि सुरु हुँदैछन् ।
सोमबारका खेलहरुबाट कम्पाउण्ड मेन सिंगल र वुमन सिंगल, रिकर्भ मेन सिंगल र रिकर्भ वुमन सिंगल तथा स्टाण्डर्ड मेन टीम र वुमन टीमको फाइनल समिकरण तयार भएको छ ।
कम्पाउण्ड मेन सिंगलतर्फ गण्डकीका जागृत गुरुङ र गण्डकीकै ख्यामबहादुर क्षेत्री फाइनल पुगेका छन् । जागृतले सुदुरपश्चिमका सुरेश गुरुङलाई १३६ को विरुद्ध १४४ अंकका साथ स्वर्ण पदकको प्रतिष्पर्धामा आफूलाई उभ्याएका हुन् । फाइनलमा गण्डकीकै खेलाडी पुगेपछि यस विधामा गण्डकीलाई स्वर्ण र रजत पक्का भएको छ ।
जागृतले ¥याङकिङ राउण्डमा ६९८ स्कोर खडा गर्दा सातौं राष्ट्रिय खेलकुदमा आफूले बनाएको ६८९ अंकको रेकर्ड पनि तोडेका छन् । ख्यामले ६९७ अंक जोडे । यस्तै, गण्डकीका ख्यामले एपीएफएका रमेश भट्टचनलाई १४१–१३५ स्कोरले हराउँदै उपाधि होडमा आफूलाई उभ्याए ।
कम्पाउण्ड वुमन सिंगलतर्फ एपीएफकी पार्षदा आचार्य र आर्मीकी इमायुङ राई फाइनल पुगेका छन् । पार्षदाले गण्डकीकी मोनिका रानालाई १३४–१०९ स्कोरले हराईन् । यस्तै, इमायुङले एपीएफकी निर्मला कानवाङ राईलाई १३०–१२२ स्कोरले पछि पारिन् ।
रिकर्भ मेन सिंगलतर्फ गण्डकीका गंगाबहादुर कुँवर र पुलिसका तिलक पुन फाइनल पुगेका छन् । गंगाले एपीएफका विराट थापालाई ६–४ अंकले हराएका हुन् । यस्तै, तिलकले गण्डकीका असिम शेरचनलाई ६–४ अंकले पन्छाउँदै फाइनलमा स्थान बनाए ।
रिकर्भ वुमन सिंगलतर्फ गण्डकीकी रोजिना थापा मगरले आर्मीकी ज्ञानु अवालेलाई ६–४ स्कोरले हराइन् । यस्तै आर्मीकी मञ्जु बजगाईंले गण्डकीका रश्मी दर्लामीलाई सोझो ३ सेटमा (६–०) हराइन् ।
स्टान्डर्ड मेन टीमतर्फ गण्डकी र सुदुरपश्चिम उपाधिका लागि प्रतिष्पर्धामा उत्रँदा वुमन टीम तर्फ प्रदेश १ र आर्मी खेल्नेछन् । मेन टीमको पहिलो सेमिफाइनलमा गण्डकीले प्रदेश नं. १ लाई ५–१ अंकले हराएको हो । यस्तै, अर्को खेलमा सुदुर पश्चिमले नेपाल पुलिसाई ६–४ अंकले हराउँदै फाइनल पुगेको हो ।
स्टान्डर्ड वुमन टीम तर्फ प्रदेश १ ले गण्डकी प्रदेशलाई ६–० अंकले सोझो तीन सेटमा हरायो । यस्तै, आर्मीले पनि एपीएफलाई सोझो तीन सेट (६–०) ले पन्छाउँदै फाइनलको यात्रा तय गरेको हो ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]