default_image

2 years ago

October 17, 2022

पुरुष भलिबल – प्रदेश १ र सुदूरपश्चिम क्वार्टरफाइनलमा

274 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सोमबार पुरुष भलिबलमा लिग चरणका खेल सकिएसँगै प्रदेश १ र सुदूरपश्चिम प्रदेश क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

पोखरा रंगशाला भलिबल कोर्टमा सोमाबार भएको खेलमा प्रदेश १ ले मधेश प्रदेश र सुदूरपश्चिमले गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेका हुन् ।

तुलनात्मक रुपमा बलियो देखिएको प्रदेश १ ले मधेश प्रदेशसँगको पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेटमा भने मधेश लयमा फर्किदा २६–२४ को प्रतिस्पर्धात्मक खेलमा प्रदेश १ भाग्यमानी ठहरियो । तेस्रो सेटमा पुनरागमन गर्दै प्रदेश १ ले २५–९ मै मधेशलाई पाखा लगायो ।

समूह ‘बी’ को दुवै खेलमा पराजय बेहोर्दै मधेश प्रदेश प्रतियोगिताबाट बाहिरएको छ । समूह विजेता हुँदै त्रिभुवन आर्मी यसअघि नै क्वार्टरफाइनल प्रवेश गरिसकेको छ ।

अर्को खेलमा सुदूरपश्चिम प्रदेशले एनआरएनएलाई ३–० सेटमा पराजित ग¥यो । सुदूरपश्चिमले २५–९, २५–२० र २५–१३ ले खेल आफ्नो पक्षमा पार्दा पुरुष भलिबलमा पाहुना टोलीको राष्ट्रिय खेलकुद यात्रा टुंगिन पुग्यो । समूह ‘सी’ को उपविजेता हुँदै सुदूरपश्चिमले क्वार्टरफाइनल यात्रालाई सुनिश्चित ग¥यो ।

प्रतियोगिता अन्तर्गत मंगलबार क्वार्टरफाइनल चरणका खेल हुने छन् । विहान सुरु हुने क्वार्टरफाइनलमा पहिलो खेल पुलिस र सुदूरपश्चिम, दोस्रो खेल त्रिभुवन आर्मी र वाग्मती प्रदेश, तेस्रो खेल एपीएफ र लुम्बिनी प्रदेश र अन्तिम खेल गण्डकी र प्रदेश १ बीच हुने छ । बुधबार सेमीफाइनल र बिहीबार फाइनल प्रतिस्पर्धा हुने छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.