default_image

2 years ago

October 17, 2022

रग्बीमा लिग चरणका १२ खेल सम्पन्न

305 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार रग्बीका लिग चरणका १२ खेलहरु सम्पन्न भएका छन ।

पुरुषतर्फका खेलहरुमा विभागीय टिम नेपाल पुलिसले सुदुरपश्चिम प्रदेशलाई १०–० ले पराजित गरेको छ भने नेपाल आर्मीले प्रदेश १ लाई २६–० ले पराजित गरेको छ ।

यस्तै गण्डकी प्रदेशले सुदुर पश्चिम प्रदेशलाई १५–७ अंकले पराजित गर्न सफल भएको छ । बाग्मती प्रदेशले मधेश प्रदेशलाई १२–५ अंकले पराजित गर्दा शसस्त्र प्रहरीको विभागीय टिम एपीएफले लुम्बीनी प्रदेशलाई १२–७ अंकले पराजित गर्न सफल भएको छ ।

सोमबार नै महिलातर्फ बिभागीय टिम नेपाल आर्मी ले कर्णाली प्रदेशलाई १७–५ अंकले पराजित गरेको छ भने सुदुरपश्चिम प्रदेश र नेपाल पुलिसको खेल गोलरहित बराबरीमा टुंगीएको थियो ।

यस्तै प्रदेश १ ले बाग्मती प्रदेशलाई १०–५ अंकले हराएको छ भने नेपाल पुलिसले गण्डकी प्रदेशलाई २२–० को फराकिलो अन्तरले पराजित गर्न सफल भएको छ । सुदुर पश्चिमले कर्णाली प्रदेशलाई १७–० ले पराजित गर्दा एपिएफले प्रदेश १ लाई १०–० अंकले पराजित गरेको छ ।

सोमबारको अन्तिम खेलमा बाग्मती प्रदेशले मधेश प्रदेशलाई १०–५ अंकले पराजित गरेको छ । प्रतियोगीतामा मंगलबार लिग चरणका अन्तिम ८ खेलहरु हुनेछन भने सेमिफाईनल चरणका खेलहरु पनि मंगलबारबाट नै शुरु हुने भएका छन ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.