2 years ago
October 17, 2022
पोखरा (हाम्रो खेलकुद) – आर्मीका कमलबहादुर अधिकारीले पुरुष ६७ केजी तौल समूहमा स्वर्ण जित्न सफल भएका छन् ।
ओलम्पियन कमलले स्नाचमा ९५ केजी क्लिन एण्ड जर्कमा १३० केजी गरि कुल २२५ केजी भार बहन गर्दै स्वर्ण जितेका हुन् । आर्मीकै मुक्तिराम घलेले स्नाचमा ९० केजी, क्लिन एण्ड जर्कमा ११९ गरि कुलमा २०९ केजी भारका साथ रजत पाए ।सुदूरपश्चिमका अशोक सिंह भण्डारीले स्नाचमा ९२ केजी, क्लिन एण्ड जर्कमा ११६ केजी गरि कुल २०८ केजी भारका साथ कास्य प्राप्त गरे ।
महिलातर्फ पुलिसकी टिकामाया गुरुङले स्नाचमा ६० केजी, क्लिन एण्ड जर्कमा ८० केजी गरि कुल १४० केजी तौल भारका साथ स्वर्ण जितिन् । आर्मीकी प्रभा थारुले स्नाचमा ५८ केजी, क्लिन एण्ड जर्कमा ७१ केजी भारका साथ कुलमा १२९ केजीका साथ रजत प्राप्त गरिन् ।
लुम्बिनीकी कृष्णकला बिष्टले स्नाचमा ५६ केजी, क्लिन एण्ड जर्कमा ७२ केजी गरि कुल १२८ केजी तौलका साथ कास्य पाईन् । महिला ५९ केजी तौलमा नेपाली सेनाकी कमला श्रेष्ठले स्वर्ण हात पारिन् । उनले स्नाचमा ६८ केजी, क्लिन एण्ड जर्कमा ८५ केजी गरि कुल १५३ केजी तौल भार बहन गरिन् ।
पुलिसकी देवी कुमारी चौधरीले स्नाचमा ५८ केजी, क्लिन एण्ड जर्कमा ७० केजी गरि कुल १२८ केजी भारका साथ रजत र सेनाकी अश्मिता पुलामी मगरले स्नाचमा ५३ केजी र क्लिन एण्ड जर्कमा ७० केजी गरि कुल १२३ केजी भारका साथ कास्य पाईन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]