2 years ago
October 17, 2022
म्याग्दी (हाम्रो खेलकुद) – बागमती प्रदेश, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
म्याग्दीको बेनीस्थित खुल्ला मञ्चमा सोमबार भएको क्वाटरफाइनलमा आ–आफ्ना प्रतिद्धन्द्धीलाई पराजित गर्दै अन्तिम चारमा स्थान तय गरेका हुन् ।
दोस्रो क्वाटरफाइनलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा एपिएफसँगको भेट पक्का गरेको हो ।
पहिलो र दोस्रो सेटमा २५–१२ र २५–१५ को सोझो सेटमा जित निकालेको बागमतीले २५–२३ को प्रतिस्पर्धात्मक जित निकाल्न सफल भयो । बागमतीकी प्रगतिनाथ खेलको वुमन्स अफ दि म्याच भइन् ।
अर्काे खेलमा पुलिसले आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकालेको छ । सुरुवाती दुई सेटमा २५–१३, २५–२० को जित निकालेको पुलिसले त्यसपछिको दुवै सेट २३–२५, १४–२५ ले गुमाउँदा खेल पाँचौ सेटमा लम्बिएको थियो । निर्णायक सेटमा १५–१३ को प्रतिस्पर्धात्मक सेटमा जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भयो । पुलिसकी कमला पुन वुमन्स अफ दि म्याच घोषित भइन् ।
यस्तै अर्काे क्वाटरफाइनलमा घरेलु टोली गण्डकी प्रदेशले प्रदेश १ माथि २५–१०, २५–१० र २५–१७ को सोझो सेटमा जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भएको छ । यस खेलमा प्रदेश १ की पुर्णिमा राई वुमन्स अफ दि म्याच घोषित भइन् ।
अर्काे विभागीय टोदी एपिएफले सोमबारै लुम्बिनी प्रदेशमाथि २५–१५, २५–१८ र २५–१० को सोझो सेटमा हराएर सेमिफाइनलमा स्थान बनाइसकेको छ । एपीएफकी आरती सुवेदी वुमन्स अफ दि म्याच घोषित भइन् ।
यससँगै महिला भलिबलको सेमिफाइनल समिकरण पूरा भएको छ । अब सेमिपाइनलमा पुलिस र गण्डकी तथा एपिएफ र बागमतीबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल मंगलबार तथा फाइनल बुधबार हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]