default_image

3 years ago

October 17, 2022

टेबल टेनिसको टिम इभेन्ट्समा पुलिसको वर्चश्व

231 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तरगत टेवल टेनिसको टिम इभेन्ट्समा विभागीय नेपाल पुलिस क्लबले वर्चश्व जमाएका छन् ।

सोमबारसम्म ५ इभेन्ट्समा पदकको छिनोफानो हुँदा पुलिसले पुरुष टिम, महिला टिम, पुुरुष डबल्स र मिक्स डबल्स गरी ४ वटा इभेन्ट्समा स्वर्ण जित्न सफल भएका हुन् । एक स्वर्ण एपिएफको नाममा रह्यो ।

सोमबार बिहान सम्पन्न पुुरुष डबल्समा स्यान्टु श्रेष्ठ, विनेश खनियाँ, संयोग कपाली, विपुल महर्जन र प्रदीप रोका रहेको पुलिसले एपिएफलाई ३–१ सेटमा हरायो ।

महिला टिम इभेन्ट्सतर्फ नविता श्रेष्ठ, एलिना महर्जन, मन्जु सुवाल, यस्वासी अवाल, शुभाश्री श्रेष्ठ रहेका छन् । पुरुष डबल्सतर्फ स्यान्टु श्रेष्ठ र विनेश खनियाँ, मिक्स डबल्सतर्फ विनेश खनियाँ र एलिना महर्जन रहेका थिए । महिला डबल्स इभेन्टतर्फ सिक्का सुवाल र वियन्का राईको जोडीले एपिएफलाई स्वर्ण जिताइन् ।

सहभागी ११ टिममध्ये एपिएफले २ रजत, पुलिस, आर्मी र बागमती प्रदेशले समान १ रजत जितेका छन् । बागमती, एनआरएनए, प्रदेश १ र आर्मीको समान २ कास्य जितेका छन् । पुलिल र गण्डकीले समान १ कास्य जितेका छन् ।

विजयी टिम र खेलाडीलाई तालिम तथा प्रशिक्षण विभाग निर्देशक प्रचण्ड शर्मा, प्रशासन विभागीय प्रमुख मधुसुदन बस्नेत, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज गुरुङ, एनआरएनका मध्यपूर्व संयोजक मनोजकुमार श्रेष्ठ र कोल्मा बहाकोट तमु समाजका अध्यक्ष सुवेदार लालबहादुर गुरुङले मेडल तथा पुरस्कृत गरे ।

प्रतियोगिता अन्तर्गत बाँकी रहेका दुई इभेन्ट्स महिला एकल र पुरुष एकलतर्फको खेल पोखराको रामबजारस्थित कोल्मा बहाकोट तमु समाज घरमा जारी छ ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.