2 years ago
October 17, 2022
म्याग्दी (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लब म्याग्दीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
म्याग्दीको बेनीस्थित खुल्ला मञ्चमा सोमबार भएको पहिलो क्वाटरफाइनलमा एपिएफले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
एपीएफले लुम्बिनीमाथि २५–१५, २५–१८ र २५–१० को सेटमा जित निकाल्यो । एपीएफकी आरती सुवेदी वुमन्स अफ दि म्याच घोषित भइन् ।
क्वाटरफाइनलको दोस्रो खेलमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश बीच भइरहेको छ । त्यसपछि आर्मी र पुलिस तथा गण्डकी प्रदेश र प्रदेश १ बीच खेल हुनेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।