default_image

2 years ago

October 17, 2022

डिस्कस थ्रोमा चित्र र संगितालाई स्वर्ण

350 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – एथलेटिक्स अन्तरगत डिस्कस थ्रो इभेन्टमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्र्रदेशले स्वर्णपदक जितेका छन् ।

इभेन्टको पुरुषतर्फ आर्मीका चित्रबहादुर वली र लुम्बिनीका संगीता अधिकारीले स्वर्ण पदक जितेका हुन् । वलीले ३८.४८ मिटर र अधिकारीले ३५.१० मिटर थ्रो गर्दै स्वर्ण जितेका छन् ।

पुरुषतर्फ नेपाल पुलिसका पुस्कल खड्काले रजत र सुदूरपश्चिम प्रदेशका हेमन्त पालले काँस्य पदक जिते । खड्काले ३१.७५ मिटर र पालले ३१.१० मिटर थ्रो गरे ।

महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफकी जीतकुमारी महतोले रजत जितिन् । उनले ३३.६० मिटर थ्रो गरिन् । त्रिभुवन आर्मी क्लबकी मिलन बुढामगरले ३२.३५ मिटर थ्रो गर्दै काँस्य पदक जितिन् ।

November 23, 2024

चेल्सीले लेस्टरलाई हरायो

एजेन्सी – इङ्लिस प्रिमियर लिगमा शनिवार चेल्सीले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ। निकोलस ज्याक्सन र एन्जो फर्नान्डेजको गोल चेल्सी विजयी भएको हो। प्रिमियर लिगमा चेल्सीको यो सिजनमा यो छैटौं जित हो। किङ्स पावर स्टेडियममा चेल्सीले सुरुआतदेखि नै घरेलु टाेली लेस्टरमाथि दबदबा कायम राखेको थियो। १५औं मिनेटमै फर्नान्डेजकै क्रसमा ज्याक्सनको गोलमा चेल्सी अग्रता लियो । ७५औं मिनेटमा […]

November 22, 2024

फाल्डो यु-२१ को उपाधि विजेता सदभावलाई स्वागत

काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल २८औं संस्करणको यु-२१ तर्फको उपाधि विजेता नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य स्वदेश फर्किएका छन्। सदभावलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले तथा संघका पदाधिकारीहरुले स्वागत गरे। नेपाली खेलाडीले फाल्डो सिरिज अन्तर्गत ग्रान्ड फाइनलमा […]

November 21, 2024

फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल- सदभावले जिते यु २१ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु-२१ तर्फको उपाधि जितेका छन्। नेपालले फाल्डो सिरिज ग्रान्ड फाइनलमा उपाधि जितेको यो पहिलो पटक हो। सदभाव ओभरअलतर्फ दोस्रो भए।युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन सुटिङ एण्ड गल्फ क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन बिहीवार १-अन्डर ६९ स्कोर […]

Success

Thank you for your time.