2 years ago
October 17, 2022
पोखरा (हाम्रो खेलकुद) – पछिल्लो दुई संस्करणको च्याम्पियन विभागीय त्रिभुवन आर्मी क्लबले गण्डकीको प्रदेशको पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तरगत तेस्रो दिनसम्ममा ८६ पदक जित्दै शीर्षस्थानमा रहेको छ ।
तेस्रो दिन सकिदासम्म विभिन्न खेलको नतिजा आउने क्रम जारी रहँदा आर्मीले ३८ स्वर्ण, २७ रजत र २१ कास्यपदक जित्दै कुल ८६ पदकसहित शीर्षस्थानमा कब्जा जमाएको छ ।
अर्काे विभागीय टोली नेपाल एपिएफ क्लब १२ स्वर्ण १६ रजत र २२ कास्य गरी कूल ५० पदकसहित दोस्रो स्थानमा रहेको छ । अर्काे विभागीय टोली नेपाल पुलिस क्बल ११ स्वर्ण, ७ रजत र १७ कास्य गरी कूल ३५ पदकसहित तेस्रो स्थानमा रहेको छ ।
चौथो स्थानमा रहेको बागमती प्रदेशले १० स्वर्ण, १६ रजत र १० कास्यसहित ३६ पदक जितेको छ । घरेलु टोली गण्डकी प्रदेशले ८ स्वर्ण, ५ रजत र १५ कास्य गरी कूल २८ पदकसहित पाँचौ स्थानमा रहेको छ ।
गैर आवासिय नेपाली संघ (एनआरएनए) ४ स्वर्ण, ३ रजत र ४ कास्यसहित कूल ११ पदक जितेर छैटौं स्थानमा रहेको छ । मधेश प्रदशेले २ स्वर्ण, २ रजत र ४ कास्यसहित कुल ८ पदक जितेर सातौं स्थानमा रहेको छ ।
आठौं स्थानमा रहेको प्रदेश १ ले १ स्वर्ण, ४ रजत र १३ कास्य गरी १८ पदक जितेको छ । सुदूरपश्चिम प्रदेशले समान १ स्वर्ण र १ रजत र ८ कास्य गरी कूल १० पदक जितेर नवौं स्थानमा छ ।
लुम्बिनी प्रदेश र कर्णाली प्रदेशले स्वर्ण पदक जित्न सकेका छैनन् । लुम्बिनी प्रदेशले ६ रजत र ४ कास्य गरी कूल १० पदक जित्दा कर्णाली प्रदेश १ कास्य मात्रै जितेर पुछारमा छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।