default_image

2 years ago

October 16, 2022

टेबल टेनिसमा पुलिस र एपिएफलाई स्वर्ण

209 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा जारी टेबल टेनिस प्रतियोगितामा मिक्स डबल ईभेन्टमा नेपाल पुलिस क्लबले स्वर्ण पदक जितेको छ ।

पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी प्रतियोगिताको मिक्स डबल ईभेन्टमा त्रिभुवन आर्मी क्लवलाई पराजित गर्दै पुुलिसले स्वर्ण जितेको छ । पुलिसले आर्मीलाई ११–७, ५ –११, ८ –११, ११ –५, ९–११ को २–३ ले पराजित ग¥यो ।

यसैगरी वुमन्स डबलतर्फ एपीएफले नेपाल पुलिस क्लबलाई पराजित गर्दै स्वर्ण जितेको छ । एपिएफले पुलिसलाई ११ –९, ८ –११, ११–९, ९–११, ७–११ को २–३ ले पराजित गर्दै स्वर्ण जित्न सफल भयो । एनआरएनए र गण्डकी प्रदेशले कास्य पदक हात पारेका छन् ।

यस्तै वुमन्स डबल इभेन्टमा बाग्मति प्रदेश र नेपाल पुलिस क्लबले कास्य हात पारेका छन् । यसैबीच आईतबार नै सम्पन्न मेन्स डबल ईभेन्ट तर्फ नेपाल पुलिस क्लव र एपीएफ फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल सोमबार हुने जनाइएको छ ।

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

Success

Thank you for your time.