default_image

2 years ago

October 16, 2022

पुरुष भलिबलमा आर्मी, एपीएफ र लुम्बिनी विजयी

184 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा आइतबारको खेलमा त्रिभुवन आर्मी, एपीएफ र लुम्बिनी प्रदेश विजयी भएका छन् ।

समूह ‘बी’ मा रहेको आर्मीले आइतबार मधेश प्रदेशलाई ३–० को सेटमा पराजित गरेको छ । आर्मीले २५–११, २५–१२ र २५–१६ को सेटमा सहज जित निकालेको हो ।

विभागीय टिमको अघि मधेश प्रदेशको खेल निकै फितलो थियो । उक्त जितसँगै आर्मीले कुल ६ अंक पु¥याएर समूहको शीर्ष स्थानमा रहँदै क्वाटरफाइनल तय गरेको छ । आर्मीको क्वाटरफाइनल भेट समूह ‘डी’ को उपविजेता वाग्मती प्रदेशसँग हुने छ ।
आइतबारको अर्को खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई कुनै मौका दिएन ।

एपीएफले २५–१३, २५–१८ र २५–१० को जितसँगै प्रतियोगिताको बलियो प्रतिस्पर्धीका रुपमा आफूलाई उभ्याएको छ । दुई खेलको जितले ६ अंक जोडेर समूह ‘सी’ को विजेता बनेको एपीएफले क्वाटरफाइनल सुनिश्चित गरेको छ ।

शनिबार नै समूह ‘ए’ मा रहेको लुम्बिनीले कर्णाली प्रदेशलाई हराएर ३ अंक जोड्दै क्वाटरफाइनल प्रवेश गरेको छ । समूह उपविजेता हु“दै लुम्बिनीले एपीएफसँको भेट पक्का गरेको हो । लुम्बिनीले कर्णालीलाई २५–१५, २५–२१ र २५–२० ले पराजित ग¥यो ।

उक्त खेलसँगै कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘ए’ मा रहेको पुलिस यसअघि नै ६ अंकसहित शीर्षस्थानमा रहेर क्वाटरफाइनल प्रवेश गरिसकेको छ ।

सोमबार प्रदेश १ र मधेश प्रदेश, एनआरएनए र सुदूरपश्चिमबीच खेल हुने छ । पहिलो खेलको विजेतासँग गण्डकी प्रदेश र दोस्रो खेलको विजेतासँग पुलिसले क्वाटरफाइनल खेल्ने छ । क्वाटरफाइनलका चार खेल मंगलबार हुने छन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.