2 years ago
October 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत साइक्लिङको महिला क्रसकन्ट्रीमा बागमतीकी लक्ष्मी मगरले स्वर्ण पदक जितेकी छिन् ।
बागमतीकी मगर १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक विजेता हुन् । १५ किलोमिटर दुरीको सो स्पर्धा मगरले १ घण्टा ९ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी थिइन् ।
त्रिभुवन आर्मी क्लबकी उषा खनालले १ घण्टा १२ मिनेट ३९ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जितिन् । त्यस्तै एपिएफकी हुमी बुढामगरले १ घण्टा २० मिनेट ०४ सेकेन्डको समयका साथ साथ कांस्य पदक जितिन् ।
त्यस्तै आइतवार नै भएको पुरुषतर्फ १९ किलोमिटरको दुरीको क्रसकन्ट्रीमा एपिएफका सुरज राना मगरले स्वर्ण पदक जिते । उनले १ घण्टा ९ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।
आर्मीका हिमाल टमाटाले रजत पदक जित्ने क्रममा १ घण्टा ११ मिनेट ४३ सेकेन्डको समय लिए । त्यस्तै एपिएफका लक्ष्मण मल्लले १ घण्टा १३ मिनेट २५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै कास्य पदक जिते ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।