default_image

2 years ago

October 16, 2022

महिला भलिबलमा बागमती समूह विजेता

262 views

0 Bookmark

म्याग्दी (हाम्रो खेलकुद) – बागमती प्रदेश नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मधेश प्रदेशमाथि सोझो सेटमा जित निकाल्दै बागमती समूह ‘बी’ को विजेता बनेको हो । यो समूहबाट प्रदेश १ समूह उपविजेता बनेको छ । दुई हार बेहोरेको मधेश बाहिरिएको छ ।

म्याग्दीको बेनीस्थित खुल्लामञ्चको भलिबल कोर्टमा आइतबार भएको एकपक्षीय खेलमा बागमतीले २५–६, २५–८ र २५–७ को सहज जित निकाल्न सफल भयो । यस खेलमा जेनिशा विश्वकर्मा वुमन अफ दि म्याच घोषित भइन् ।

त्यसअघि आइतबारै विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबको चुनौती ३–१ को सेटमा पन्छाउँदै नेपाल एपिएफ क्लब समूह ‘ए’ को विजेता तथा हारका बावजुत आर्मी पनि उपविजेताको रुपमा अघि बढेको छ । आर्मीमाथि एपिएफले २५–२०, १९–२५, २५–२१ र २५–२३ को सेटमा जित निकाल्न सफल भएको छ ।

यससँगै महिला भलिबलको क्वाटरफाइनल समिकरण पूरा भएको छ । क्वाटरफाइनलमा एपिएफ र लुम्बिनी, बागमती र सुदूरपश्चिम, नेपाल पुलिस र आर्मी तथा गण्डकी र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ । चारै क्वाटरफाइनल सोमबार हुनेछ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.