default_image

2 years ago

October 16, 2022

गोपीचन्द्रको कीर्तिमान तोड्दै दीपकले जिते स्वर्ण

295 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका धावक दीपक अधिकारीले नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् ।

पोखरा रंगशालास्थित ट्याकमा आइतबार भएको स्पर्धाले दीपकले यसअघि एपिएफका धावक गोपीचन्द्र पार्कीले राखेको कीर्तिमानलाई भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्न सफल भएका हुन् ।

उनले निर्धारित दुरी ३० मिनेट १०.३० सेकेन्डमा पूरा गरे । गोपीले यसअघि सन् २०१४ को इन्चोन एसियाडमा ३० मिनेट ३०.९९ सेकेन्डमा दुरी पार गर्दै कीर्तिमान राखेका थिए ।

एपिएफका गोपीचन्द्रले ३० मिनेट ३८.३२ सेकेन्डमा दुरी पार गर्दै रजत जित्न सफल भए । उनले आफ्नो व्यक्तिगत प्रदर्शन भने सुधार्न सकेनन् । ३० मिनेट ४९.५० सेकेन्डमा दुरी पार गर्दै आर्मीका राजेन्द्र राईले कास्य जिते ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.