3 years ago
October 15, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा पुरुषतर्फ क्वाटरफाइनल समिकरण पूरा भएको छ ।
गण्डकीका अमृत थापामगरसँगै बागमती प्रदेशका अराहान्त केशर सिंह अन्तिम आठमा पुगेका छन् । अमृत आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता समेत हुन् ।
पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा भएको खेलमा प्रदेश नम्बर १ का योगेन्द्र लिम्बुलाई ३–० को सोझो सेटमा र गण्डकीकै नवराज थापाले प्रदेश नम्बर १ का विर बहादुर नेपाललाई ३–० को सेटमा पाखा लगाउँदै अन्तिम ८ मा स्थान बनाउन सफल रहे ।
बागमतीका अह्रान्त सिम्हाले एपिएफका पासाङ ब्लोनलाई ३–० को सोझो सेटमा पराजित गरे । एपिएफका दिव्य बज्रचार्यले लुम्बिनीका ज्ञानु चोधरीलाई ३–० को सेटमा हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । बागमतीका राजेन्द्र शाक्य (दाई) ले एपिएफका रिद्दी शाक्य (भाई) लाई ३–० को सोझो सेटमा हराउदै क्वाटरफाइनलमा स्थान बनाए ।
यसैगरि गण्डकीका दिपक थापाले आर्मीका रत्नकाजी शाक्यलाई ३–० को सोझो सेटमा पराजित गरे । अर्काे खेलमा बागमतीका ओमित शाक्यले आर्मीका विकास मगरलाई ३–० को सोझो सेटमा हराउदै क्वाटरफाइनलमा प्रवेश गरे । यसैगरि बागमतीका अमिर ब्लोन मधेस प्रदेशका सुगम तुलासानमाथी वाकओभरमार्फत विजयी हुदै अन्तिम ८ मा प्रवेश पाए ।
महिलातर्फ भएको बागमतीकी विपना ब्लोनले सोही प्रदेशकै स्वस्तानी श्रेष्ठलाई ३–० को सोझो सेटमा पराजित गरिन् । अर्काे खेलमा आठौं संस्करणको महिला च्याम्पियन गण्डकीकी कृष्णा थापामगरले बागमतीकी भावना सुनुवारलाई ३–० को सोझो सेटमा हराइन् ।
महिलातर्फको भएको अन्तिम खेलमा त्रिभुवन क्लब आर्मीकी अस्मिता नगरकोटीले गण्डकीकी करिश्मा ओलीलाई ३–० को सोझो सेटमा हराइन् ।
पोखरामा जारी प्रतियोगितामा २ विभागीय टोली र ५ वटा प्रदेशबाट कुल २५ जना पुरुष र ७ जना महिला खेलाडीहरुले सहभागिता जनाएका छन् ।
स्क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमान सिंह भण्डारीका अनुसार महिलातर्फ बागमती प्रदेश, गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको छ । भने पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, ससत्र प्रहरी बल एपिएफ, प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता रहेको छ ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]