2 years ago
October 15, 2022
बेनी (हाम्रो खेलकुद) – नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र प्रदेश १ विजयी भएको छ ।
आर्मीले कर्णाली प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । एक पक्षीय खेलमा आर्मीले २५–१२, २५–१३ र २५–१२ को सहज जित निकाल्यो । आर्मीकी संगम महतो खेलको वुमन अफ दि म्याच घोषित भइन् ।
यस जितसँगै आर्मीले क्वाटरफाइनल पुगेको छ । आर्मीको जितले एपिएफ पनि अन्तिम आठमा पुगेको छ । अब आर्मी र एपिएफबीच समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ । यो खेल आइतबार हुनेछ । लगातार दुई खेलमा हार बेहोरेको कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ ।
यस्तै अर्काे खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराएको छ । प्रदेश १ ले मधेशमाथि २५–१३, २५–२२ र २५–१५ को सोझो सेटमा जित निकाल्यो । यस जितसँगै प्रदेश १ ले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । प्रदेश १ की समिक्षा राई वुमन अफ दिम्याच घोषित भइन् ।
यो समूहमा बागमती प्रदेशले पनि जित निकालेको छ । आइतबार बागमती र मधेशबीच प्रतिस्पर्धा हुँदैछ । यस खेलमा सफलता हात पारे बागमती समूह विजेता बन्नेछ भने प्रदेश १ उपविजेताको रुपमा अघि बढ्नेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।