2 years ago
October 15, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तरगत एथलेटिक्सतर्फको सटपुटमा पुलिसकी चन्द्रकला लामगादे र त्रिभुवन आर्मी क्लबका तिलक विकले स्वर्ण जितेका छन् ।
पोखरा रंगशालास्थित एथलेटिक्स ट्याकमा शनिबार भएको महिलातर्फ चन्द्रकलाले १२.४० मिटर दुरी थ्रो गर्दै स्वर्ण जितिन् । लुम्विनी प्रदेशकी संगिता अधिकारीले १०.८३ मिटर दुरी थ्रो गर्दै रजत जितिन् । पुलिसकी बसन्ती चौधरीले ९.८६ मिटर दुरी थ्रो गर्दै कास्य जितिन् ।
पुरुषतर्फ आर्मीका तिलक विकले १२.८५ मिटर दुरी थ्रो गर्दै स्वर्ण जिते । आर्मीकै चित्र बहादुर वलीले १२.६४ मिटर दुरी थ्रो गर्दै रजत तथा बागमती प्रदेशका ललित रावतले ११.९५ मिटर दुरी थ्रो गर्दै कास्य जिते ।
December 28, 2024
काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको दोस्रो दिन शनिवार ७ खेल भएका छन् । आज नवज्योति युथ परिवार, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, सानो स्वर्ग नेपाल, बिएसडी, क्रिकेट एक्सिलेन्स सेन्टर र किंग्स क्रिकेट एकेडेमी विजयी भएका छन् । पहिलो खेलमा समुह ए अन्तर्गत नवज्योति युथ परिवारले दोस्रो जित […]
December 25, 2024
तनहुँ (हाम्रो खेलकुद) – बराहडाँडा युवा क्लबकाे आयाेजना तथा बराहडाँडा टोल विकास संस्थाको सह–आयोजनामा हुने २८ बजार मेलामा पुरुष र महिला भलिबल प्रतियोगितासँगै विविध साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । शुक्लागण्डकी नगरपालिका– १२ बराहडाँडा तनहुँमा रहेको बाराही प्राथमकि विद्यालयले हरेक वर्षको पुस २८ गते बार्षिकोत्सव मनाउँदै आइरहेकाेमा पछि यो वार्षिकोत्सव २८ बजार मेलाले चिनिन्छ […]
December 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा क्लब मालेको आयोजनामा माल्दिभ्समा अर्को साता पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्याङ्जा क्लबले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर २७ डिसेम्वरमा एक दिने पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता माल्दिभ्सको मालेस्थित माफानु भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि ८ सय […]