default_image

2 years ago

October 15, 2022

निशाले हिटमै तोडिन् २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान

251 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशकी निशा चौधरीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला १ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

पोखरा रंगशालास्थित ट्रयाकमा शनिबार विहान भएको १ सय मिटर दौडको पहिलो हिटमै निशाले कीर्तिमान कायम गरेकी हुन् । उनले १२.१५ सेकेन्डमा दुरी पार गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् ।

यसअघि देवी माया पनेरुले सन् १९९९ को दक्षिण एसियाली खेलकुदमा कीर्तिमान राखेकी थिइन् । देवी मायाले यसअघि १९.१९ सेकेन्डको कीर्तिमान राखेकी थिइन् । महिलाततर्फ १ सय मिटर दौडमा १९ जना सहभागी छन् ।

आज नै अन्तिम चरण पनि हुनेछ । एथ्लेटिक्समा आज १० हजार मिटर दौड, १५ सय मिटर दौड र सटपुट पनि हुँदैछ । ४ सय मिटर दौडको हिट पनि आव हुनेछ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.