default_image

2 years ago

October 14, 2022

टेनिस सुरु

393 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय टेनिस प्रतियोगिता शुक्रबारदेखि पोखरा रंगशालास्थित टेनिस कोर्टमा सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ एक कार्यक्रमकाबीच प्रतियोगिताको शुभारम्भ गरे । टेनिसमा आयोजक गण्डकी प्रदेश सहित तीन विभागीय, मधेश, लुम्बिनी, बागमती, सुुदुरपश्चिम र एनआरएनए गरी नौ टोली सहभागी छन् ।

पुरुष/महिला सिंगल्स, डबल्स, टिम र मिक्स गरी ७ स्पर्धामा समावेश प्रतियोगितामा ८० खेलाडी सहभागी छन् । कार्यक्रममा सदस्य–सचिव घिसिङले नीजि क्षेत्रको लगानीमा टेनिसका खेल पूर्वाधार निर्माण हुनु अत्यन्त प्रशंसनीय रहेको बताए ।

उनले प्रतियोगितामा सहभागी खेलाडीहरुलाई उच्चतम प्रदर्शन गरी विजयको शुभकामना दिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.