default_image

2 years ago

October 14, 2022

पुरुष हक्कीमा पुलिसको जित

257 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष हक्कीतर्फ शुक्रबार चार खेल सम्पन्न भएका छन् ।

हेम्जाको गौरीशंकर खेलमैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा गण्डकी र सुदुरपश्चिम प्रदेश १–१ गोलको बरावरीमा रोकिएका छन् । खेलको दोश्रो मिनेटमा महेश नेपालीले गोल गर्दै सुदूरपश्चिमलाई १–० को अग्रता दिलाएका थिए भने ५२ औं मिनेटमा गण्डकीका पवन परियारले गोल फर्काउदै टिमलाई बरावरीमा फर्काएका हुन् ।

खेल बराबरीमा रोकिए पछि दुवै टिमले १–१ अंक बाड्न बाध्य भएका छन् । त्यसैगरि दोस्रो खेलमा मधेश प्रदेश र प्रदेश १ विचको खेलमा प्रदेश १ विजयी भएको छ । प्रदेश १ ४–१ गोल अन्तरले विजयी भएको हो । खेलको २७औ, ५९औ र ५०औ मिनेटमा प्रदेश १ का खेलाडी रिसव चौधरीले गोल गर्दै टिमलाई योगदान दिएका थिए ।

त्यसैगरि खेलको ३२ औ मिनेटमा मधेश प्रदेशका खेलाडी अमित कुमार श्रीवास्तवले गोल गरेका थिए । खेलको ४० औ मिनेटमा पुनः प्रदेश १ का खेलाडी कृष्ण तामाङले एक गोल गरेपछि टिमलाई ४–१ मा पु¥याएका थिए ।

त्यसैगरि तेस्रो खेलमा नेपाल पुलिस क्लव विजयी भएको छ । नेपाल पुलिसले कर्णाली प्रदेशलाई ६–० अन्तरको फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

खेलको १७ औ,२८ औ र ३६ मिनेटमा नेपाल पुलिसका नरेन्द्र कार्कीले गोल गरेका थिए भने ४४ औ मिनेटमा गणेश सिँह ठगुन्नाले गोल गरेका थिए । खेलको ५१ औ मिनेटमा महेश धामीले एक गोल गरेका थिए । त्यसैगरि खेलको ५४ औ मिनेटमा शशि दर्लामीले एक गोल थप गरेपछि टिमलाई ६–० को फराकिलो अन्तरले जित दिलाउन सफल भएको हो ।

समय अभावका कारण विहीबार हुन नसकेको बागमती प्रदेश र लुम्विनी प्रदेश विचको खेल आज दिउँसो भएको थियो । आज भएको उक्त खेलमा बाग्मती प्रदेश विजयी भएको छ ।

महिला हक्की – आर्मी सफल
महिला हक्कीको दोस्रो दिन नेपाल आर्मी विजयी भएको छ । नेपाल आर्मीले मधेस प्रदेशलाई ८–० गोलअन्तरले पराजित ग¥यो ।
खेलको पहिलो क्वाटरमा सीतामाया बलले पाँचौं मिनेटमा गोल गरिन् ।

७ औं मिनेटमा सीमा खड्काले गोल गरेकी थिइन् । खेलको दोस्रो क्वाटरमा सीतामाया बलले पुन एक गोल गरिन् । १८ औं मिनेटमा उनले गोल गरेपछि २४ मिनेटमा आर्मीकैतर्फबाट कमला चन्दले पुनः एक गोल गरिन् । त्यस्तै तेस्रो क्वाटरमा सीतामाया र सुनिता नेगीले आर्मीका लागि १–१ गोल गर्न सफल भए ।

३९ औं मिनेटमा सुनिताले गोल गरेको एकमिनेट लगत्तै सीतामायाले गोल गरेकी थिइन् । अन्तिम क्वाटर फाइलनमा आर्मीकातर्फबाट कमला चन्द र सुनिता नेगीले पुन एक–एक गोल गरेका थिए । यो सँगै आर्मीले खेल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । यसपछिको खेल लुम्बिनी र गण्डकी प्रदेश बीच हुँदै छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.