2 years ago
October 14, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबल विजयी शुरुवात गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
पुलिसले कर्णालीमाथि २५–१६, २५–११ र २५–१२ को सोझो सेटमा जित निकालेको हो । यस जितसँगै पुलिसले समूह ‘ए’ बाट क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । कर्णाली अंकविहीन हुँदा लुम्बिनीले कुनै खेल खेलेको छैन ।
प्रतियोगितामा आज पुरुषतर्फ गण्डकी प्रदेश र बागमती प्रदेशबीच खेल हुँदैछ । यस खेलमा सफलता हात पार्ने टोली समूह विजेता बन्नेछ । पराजित हुने टोली पनि समूह उपविजेताको रुपमा अघि बढ्नेछ ।
पुरुष भलिबलमा ११ टिमले सहभागिता रहेको छ । सहभागीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वाग्मती प्रदेश छन् ।
लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्नेछन् । तालिकाअनुसार समूह ‘डी’ मा दुई टिममात्र रहेकाले गण्डकी र वाग्मती सिधै क्वाटरफाइनल पुगेका छन् । दुवैले अब समूह विजेता बन्न प्रतिस्पर्धा गर्नेछन् । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]