2 years ago
October 14, 2022
अर्जुन कार्की, म्याग्दी
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबल प्रतियोगितामा विभागीय नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ ।
म्याग्दीस्थित बेनी बजारको खुल्लामञ्च खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा एपिएफले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलको यात्रा सहज बनाएको छ ।
समुह एमा रहेको एपिएफले कर्णाली विरुद्ध पहिलो सेट २५–६, दोस्रो सेट २५–२ र तेस्रो सेट २५–७ ले पराजित गरेको हो । महिला भलिबलमा आज दोस्रो खेल बाग्मती प्रदेश र प्रदेश नम्बर १ र तेस्रो खेल नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशका विच प्रतिस्पर्धा हुनेछ ।
बिहिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।
महिला भलिबलमा ७ प्रदेश र ३ विभागीयसहित १० टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब रहेको छ । समूह ‘बी’ मा बागमती प्रदेश, प्रदेश नम्वर १ र मधेश प्रदेश रहेको छ । बागमतीमा होङ्गान्जी न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबका अधिकांश खेलाडी रहेका छन् ।
समूह सीमा नेपाल पुलिस क्लब र लुम्बिनी छन् । समूह डी मा आयोजक गण्डकी र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् । हरेक समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल कार्तिक २ गते हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]