2 years ago
October 14, 2022
पोखरा (हाम्रो खेलकुद) – पर्यटकीय नगरी गण्डकी प्रदेशको पोखरामा आज (शुक्रबार) देखि नेपाली खेलकुदको कुम्भमेला नवौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा सुरु हुँदैछ ।
२८ असोजदेखि ३ कात्तिकसम्म हुने प्रतियोगिताको लागि आवश्यक तयारी पूरा भएको राष्ट्रिय खेलकुद आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बिहीबारै जानकारी गराइसकेको छ ।
पोखरा रंगशालामा शुक्रबार दिउँसो ४ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले भव्य समारोहबीच नवौंको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउन सबै तयारी पूरा भएको राखेपले जनाएको छ ।
प्रतियोगिता उद्घाटन समारोहमा सबै सहभागी टिमहरुले मस्कटसहित मार्चपास गर्नेछन् । सातै प्रदेशका सांस्कृतिक झाँकी, विद्यार्थीबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रम, आतिशवाजी र मनोरञ्जनात्मक कार्यक्रमबीच उद्घाटनलाई भव्य बनाइन लागेको छ ।
त्यस्तै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी ११ टिमको मस्कटसहित मार्च पास नवौं राष्ट्रिय खेलकुद गित प्रस्तुती इन्दिरा जोशी र काली प्रसाद बास्कोटासँगै विवोइङ प्रदर्शन हुनेछ । सातौं दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण पदकधारी तथा ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्व्लन गर्नेछन् ।
२०३८ सालमा काठमाडौंमा पहिलो राष्ट्रिय खेलकुद प्रारम्भ भएको थियो । २०४० सालमा पोखरामा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको थियो । प्रतियोगितामा सातवटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र एक गैर आवासीय नेपाली सङ्घ (एनआरएन) गरी कुल ११ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
कुल ६ हजार १ सय ५७ खेलाडीको खेलाडीले ३६ खेलका लागि प्रतिस्पर्धा गर्नेछन् । यसपटक ४ सय ४ स्वर्ण, उति नै रजत पदक र त्यसभन्दा दोब्बर बढी कास्यका लागि प्रतिस्पर्धा हुनेछ । यति धेरै पदक र पुरस्कार भएको यो नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाडी एवं खेलप्रेमीका लागि कुम्भमेला हो ।
प्रतियोगितालाई प्रदेशका सबै ११ जिल्लामा आयोजना गर्ने भनिएपनि मनाङ, मुस्ताङ र लमजुङमा सम्भव भएन । अन्य जिल्लामा भने कुनै न कुनै प्रतियोगिता हुने भएको छ । आयोजकका अनुसार म्याग्दीमा महिला भलिबल र तेक्वान्दो, बागलुङमा आइटिएफ तेक्वान्दो, गोरखामा बुद्धिचाल, तनहुँमा बास्केटबल, स्याङ्जामा महिला फुटबल, पर्वतमा कराते र नवलपरासीमा कुस्ती, सेपाकताक्रो प्रतियोगिता हुने भएको छ ।
अन्य खेलको प्रतियोगितामा पोखरामा नै हुनेछ । केही खेलको नतिजा पनि आउने क्रम जारी छ । सबैभन्दा पहिले असोज २३ देखि महिला क्रिकेट सुरु भएको हो ।
यसैबीच, नवौं राष्ट्रिय खेलकुदमा आवश्यक भौतिक पूर्वाधार बन्नुपर्ने माग उठे पनि यहाँ कुनै पनि भौतिक पूर्वाधार थपिएनन् । १३औं सागमा जे जति पूर्वाधार बन्न सकेका थिए, त्यसैको आधारमा खेलाउन लागिएको गुनासो खेलकुदकर्मीले गरेका छन् ।
नवौं अन्तरगत आज (शुक्रबार) पुरुष भलिबल, तेक्वान्दो, लन टेनिस, सफ्ट टेनिस, आइटिएफ तेक्वान्दो, बक्सिङ, सुटिङ, महिला र पुरुष बास्केटबल, साइक्लिङका खेलहरु औपचारिक रुपमा शुरु हुनेछ । केही खेलको पदकको छिनोफानो भइसकेको छ, भने केही खेल आज सकिदैछ ।
नवौंमा केही खेलहरुको सुरु हुनुअघि र शुरु भइसकेपछि विवादको श्रृंखला शुरु भएको छ । मैदान तयार नहुँदा र टोलीको जर्सी समयमै नआइपुग्दा केही खेलहरु ढिला गरी शुरु भएको छ । पर्याप्त मात्रामा पदक नआइपुग्दा खेलाडीले लगाइसकेको पदक पनि फिर्ता गरी अन्य विजेता खेलाडीलाई वितरण गरिएको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]