2 years ago
October 13, 2022
पोखरा (हाम्रो खेलकुद) – पोखरामा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत हक्कीमा महिलातर्फ घरेलु टोली गण्डकी प्रदेश र पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लबले विजयी शुरुआत गरेका छन् ।
गण्डकी बोर्डिङ स्कुल लामाचौर पोखराको मैदानमा बिहीबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले प्रदेश १ लाई ७–० अन्तरले पराजित गर्दै विजयी शुरुआत गरेको हो ।
गण्डकीका तर्फबाट सोनु बरालले १३औं मिनेटमा खाता खोलेकी थिईन् । त्यसको २ मिनेटपछि नै सबिना पुन रानाले गोल गर्दै अग्रता दोब्बर पारिन् ।
गण्डकीले दोश्रो क्वाटरमा थप आक्रामक खेल्दै २ गोल थप्यो । खेलको १७ र २६औं मिनेटमा कमला पुनले गोल गर्दै गण्डकीको स्कोर बढाईन् । तेस्रो क्वाटरमा गण्डकीले थप २ गोल थप्दै फराकिलो जिततर्फ अगैसर बन्यो । ३४ औं मिनेटमा सोनु बरालले पुनः एक गोल गरिन् ।
कमलाले ४२औं मिनेटमा खेलमा व्यक्तिगत तेस्रो गोल गरिन् । अन्तिम क्वाटरमा गण्डकीको तर्फबाट दिपशिखा पौडेलले ५५औं मिनेटमा गोल थप्दै टोलीको जित पक्का गरिन् ।
यसअघि उद्घाटन खेल बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने भनिएपनि जर्सी नआईपुगेपछि गण्डकी र प्रदेश १ बीच प्रतिष्पर्धा गराइएको थियो । दोस्रो खेलमा बागमती र सुदुरपश्चिम खेलिरहेका छन् । ७ टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुनेछ ।
महिलातर्फ विजयी शुरुआत गरेको गण्डकीले पुरुषतर्फ भने हारबाट शुरुआत गरेको छ । पुरुषतर्फ आर्मीले गण्डकी प्रदेशलाई ४–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ । पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा आर्मीका लागि राजेन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाए ।
२८औं मिनेटमा कार्कीले नै दोस्रो गर्दैै अग्रता दोब्बर बनाए । खेलको ३७ औं मिनेटमा प्रदीप राजवंशीले तेश्रो गोल गरे भने ४२ औं मिनेटमा रोमन रानाले गोल गर्दै आर्मीलाई ४–० को फराकिलो जित दिलाएका हुन् ।
मैदान ढिलो तयार हुँदा प्रतियोगिताको उदघाटन पनि निर्धारित समय भन्दा केहिबेर ढिला भएको थियो । उद्घाटन खेल सुदूरपश्चिम प्रदेश र प्रदेश नं. १ बीच हुने भनिएपनि पहिलो खेलको समय गुज्रिएपछि नेपाल आर्मी र गण्डकी प्रदेशबीच भएको थियो । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गरेका थिए ।
प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री गहतराजले खेलकुद विकासका लागि सरकार प्रतिवद्ध रहेको बताए । खेल क्षेत्रको समस्या पहिचान गरि यसलाई विकास गर्नको लागि अहिलेको सरकारले देशका विभिन्न स्थानमा भौतिक पुर्वाधार निर्माण गर्ने कार्य सुरुवात गरेको छ,” उनले भने, “खेलाडीको मनोवल उच्च राख्नको लागि सरकारले विभिन्न योजनाहरु बनाएको छ, विगतको जस्तो निराश हुने अवस्था छैन ।”
उनले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा आयोजना हुनु नै यहाँको पर्यटन पर्वद्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै खेलाडीलाई जितको शुभकामना दिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]